2

Logo २०८३ बैशाख १३ आइतबार
मुख्यमन्त्रीद्दारा मुक्तिनाथमा इलाका प्रहरी कार्यालय भवन उद्घाटन

मुख्यमन्त्रीद्दारा मुक्तिनाथमा इलाका प्रहरी कार्यालय भवन उद्घाटन


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र १३ २०८१
1.7K

पाल्पा ।

इलाका प्रहरी कार्यालय मुक्तिनाथको नव निर्मित भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन  गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारको बिनियोजित बजेटबाट करिब तीन करोड ६० लाखको लागतमा निर्मित भवनको गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोह बीच उक्त तीन तले कार्यालय तथा ब्यारेक भवन र भान्सा घरको उद्घाटन गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेले प्रहरी आवास सुबिधा वृद्धि साथै अन्य सुबिधाहरु उपलब्ध गराउन गण्डकी प्रदेश सरकार निरन्तर लागिपरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेको स्वागत तथा जानकारीबाट शुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङ, प्रदेश सभा सदस्य बिकल सेरचन र शंघीय माननीय योगेश गौचन थकाली लगायतका बक्ताहरुले कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।

कार्यक्रममा भवन निर्माण तथा जग्गा प्राप्तिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु हुने विभिन्न ब्यक्तित्बहरुलाई प्रशंसापत्र बितरण गरिएको थियो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले प्रहरी आवास निर्माणमा सहयोग गर्नु हुने गण्डकी प्रदेश सरकार प्रति आभार ब्यक्त गर्दै अन्य सहयोगी मनहरु प्रति कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।

करिब १०० बढिको उपस्थिति रहेको सो कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजन थापाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com