2

Logo २०८३ बैशाख १३ आइतबार
सुत्केरी आमालाई प्रोत्साहन स्वरुप पौष्टिक आहार 

सुत्केरी आमालाई प्रोत्साहन स्वरुप पौष्टिक आहार 


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र १० २०८१
1.5K

पाल्पा ।

स्वास्थ्य सस्थामा आएर सुत्केरी हुने आमालाई स्वास्थ्य सस्थाबाट फर्कदा पौष्टिक आहार प्रदान गरेको छ ।

रामपुर न.पा. २ मा  रहेको गाडाकाेट स्वास्थ्य चौकीमा सुत्केरी भए बापत प्रोत्साहन स्वरुप सुत्केरी आमालाई आमा र बच्चाको पाेषणको लागि १ क्रेक अन्डा, १ माना घिउ र १ वटा कुखुराको भाले वितरण गर्न थालिएको हो ।

स्वास्थ्य सस्थामा नियमित जाच सुत्केरी हुनुपर्छ भन्ने सचेतना र आमा बच्चा सुरक्षितको लागि प्रोत्साहन गरिएको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य देवका पोखरेलले बताउनुभयो । सुत्केरी आमालाई पौष्टिक आहार प्रदान गर्दै पोखरेलले नियमित स्वास्थ्य अबस्थामा ध्यान दिन अनुरोध गर्दै खानपान र सरसफाइमा ख्याल गर्न आग्रह गर्नुभयो  ।

साथै एक तर्फी एम्बुलेन्स सेवा पनि प्रदान गरेको स्वास्थ्यचौकीका प्रमुख मजिबुर रहमान शेखले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com