तनहुँ ऐनापहारा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो
तनहुँ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइएकाे हो । मृत्यु भएका सबै शव आँबुखैरेनीमा राखिएको छ ।
भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको टोली २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं जादै थिए ।
दुई वटा बसमा ९० जनाभन्दा धेरै पर्यटक आएकाेमा एउटा बस दुर्घटनामा परेको हो ।