आज साउनको अन्तिम सोमवार,देशभरका शिवालयमा दर्शनार्थीको भीड
काठमाडौं ।
आज साउन महिनाको अन्तिम सोमवार । श्रावण शुल्क पक्षको अष्टमी तिथि । भगवान शिवजीको प्रिय महिना तथा बार भएकोले आज देशभरका शिवालयमा विहानै देखि दर्शनार्थीको भीड लागेको छ ।
हिन्दु धर्मशास्त्र अनुसार यो दिन देवको देव महादेवको व्रत बसि पुजा आजा गरिन्छ । शिव मन्दिरमा दुध र जल चढाई पुजा गरेमा मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वार छ ।
आजको व्रत सूर्य उदायसंग सुरु हुन्छ र सूर्य अस्ताय पछि सम्पन हुन्छ । व्रत बस्नेहरुले खाना भने साँझको आरति पछि खान्छन् । आज सोमवार दिनभरी शिव र पार्वतीको पुजा गरिन्छ । तर कुनै पनि पुजा गर्नु अगाडि गणेशको पुजा भने अनिवार्य नै छ ।
सोमवार व्रत गर्ने भक्तजनले आज व्रत पुरा गरी गोदान र पूर्णपात्र गर्ने विधि छ ।