2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा एकैदिन तीन मानिस मृत फेला

पाल्पामा एकैदिन तीन मानिस मृत फेला


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
813

पाल्पा ।

पाल्पामा एकै दिन तीन जना मानिसको शव फेला परेको छ । जिल्लाको तानसेन, रम्भा र माथागढीमा तीन जना मानिसको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाको रम्भा गाउँपालिका–१, हुँगी सर्दीस्थित कालीगण्डकी किनारमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुषको शव बिहीबार नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । शव कसको हो भन्ने बारेमा थप विवरण प्रमाणित हुन नसकेको प्रहरीले जनाएको छ । अवस्थामा फेला परेका छन् ।

उता केही दिनअघि हराउनुभएका जिल्लाको माथागढी–४, झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती मृत फेला पर्नुभएको छ । वृद्धा झडेवा खोला किनारमा बिहीबार दिउँशाे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा उहाँ हराउनुभएको थियो । यस्तै जिल्लाको तानसेन–११ का ५९ वर्षीय तिलबहादुर रानाभाट घरदेखि दुई किलोमिटर पर रहेको प्रतीक्षालयमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com