लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्दको कार्यकम सम्पन्न
मुस्ताङ ।
लागूऔषध दुरुपयोग तथा आोसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिबस समापनको मुस्ताङमा सचेतनामुलक कार्यक्रम भएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङ, जोमसोमको संयुक्त आयोजनामा मुस्ताङ घरपझोङ गा.पा. को कार्यालय अगाडी जम्मा भई प्लेकार्ड, ब्यानर र जिङगल सहित प्रभात फेरी ऱ्याली गरि बजार परिक्रमा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको नेतृत्वमा बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको सभाहलमा पुगेर र्याली सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनक राज पन्थले लागुुुुुुुुुुुऔषधको प्रयोग र ओसारपसारले आफू मात्र नभई परिबार जोखिममा पार्ने हुदा अबैध काममा कोही नपर्न अनुरोध गर्नुभयो ।
पर्यटकीय तथा धार्मिक तिर्थास्थल मुक्तिनाथ आस्थाको केन्द्र हुँदै गर्दा बाहिरबाट आउन सक्ने अबैध क्रियाकलापलाई रोक्न र युवा बर्गलाई सचेत गराउन स्थानीय लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरु, स्थानिय समुदाय गरि झण्डै १०० जनाको सहभागितामा रहेको थियो ।
कार्यक्रममा घरापझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी र जिल्ला अस्पतालका निमित्त मे सु डा. तेजेश नेपालले लागूऔषधको प्रयोग र यसले पार्ने असरका बारेमा धारणा राख्नु भएको थियो ।
कार्यक्रम सन्चालन सहित लागू औषध, यसको प्रकार, प्रयोगको अबस्था, लहलहैपन, बाध्यताको बाहाना, व्यक्ति सहित परिबारको बिचल्ली, यसको प्रयोग र बेचबिखन ओसारपसारले निम्त्याउने असर, कानुनी सजायका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।