2

Logo २०८३ बैशाख १३ आइतबार
वडा नम्बर २ मा बालमैत्री शासन वडागत स्थिति सार्वजनिक

वडा नम्बर २ मा बालमैत्री शासन वडागत स्थिति सार्वजनिक


Sabalnews प्रकाशित मिति : मंगलबार, असार १२ २०८१
1.5K

पाल्पा ।

रामपुर नगरपालिका वडा नम्बर २ मा सञ्चालित बालमैत्री शासन वडा निर्माणको पहिलो चरणमा भएका क्रियाकलाप र वस्तुस्थितिबारे सार्वजनिक कार्यक्रम वडा कार्यालयमा भएको छ ।

वडालाई बालमैत्री स्थानीय शासन लागु गर्नका लागि ३ महिनाअघि देखि भएका कामबारे प्रज्ञा परामर्श सेवा प्रालिले पत्रकार भेटघाटको आयोजना गरि सार्वजनिक गरेको हो । नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान बोकेको नगरले प्रज्ञा परामर्श प्रा.लि.सँगको समन्वयमा वडा नम्बर २ बाट यस बर्ष काम थालेको थियो । वडाको समन्वयमा घरधुरी सर्वेक्षण प्रश्चात प्रज्ञा परामर्शले बालबालिकाको वस्तुस्थितिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिकीकरण गरेको हो ।

जनप्रतिनिधि, बालमैत्री स्थानीय वडा समिति पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा वस्तुस्थिति विवरण सार्वजनिक गरेको हो । बालबालिकाको वस्तुस्थिति विवरण परामर्शदाता प्रज्ञा परामर्श प्रालिले पुस्तक प्रकाशन समेत गरेको छ । रामपुर नगरपालिका २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जी र प्रज्ञा परामर्श सेवा प्रा.लि.का अध्यक्ष शालिकराम पाण्डेले विवरण समेटिएको पुस्तक संयुक्त रुपमा विमोचन गर्नुभयो ।
वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले वडामा बालमैत्री स्थानिय शासन लागु गर्नका लागि आवश्यक सुचकहरु पूरा गर्न वडाकार्यालय लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुर्णबालमैत्री कार्यक्रम बालबालिका केन्द्रित मात्र नभई यसले बालबालिका सहित स्वास्थ्य, सरसफाई, मानसिक विकास र अब्बल वडा बनाउन सहजिकरण गर्ने रहेछ दर्जीले भन्नुभयो– बालबालिकाका माग सम्बोधन गर्नुका साथै हरेक इन्डिकेटर पुरा गर्न लाग्नेछौं । नगर र सबै समुदायको साथले मात्र बालमैत्री स्थानीय शासन लागु गर्न सकिने हुँदा सहयोग र सुझाव दिन आग्रह गर्नुभयो ।

प्रज्ञा परामर्श सेवा प्रा.लि.का अध्यक्ष शालिकराम पाण्डेले बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत हाल सम्मका गतिविधिको बारेमा जानकारी गराउदै कुल ३६ वटा वडागत सुचक मध्ये अधिकांश सूचकहरु पुरा भैसकेको र केही सूचक पुरा नभएकाले पुर्ण बालमैत्री वडा घोषणा गर्न नसकिएको बताउनुभयो । उहाँले बालविकास, अधिकार, संरक्षण, सहभागिता लगायतका विविध सुचकमध्ये बालविवाह, बालश्रम, स्वस्थ्य खानेपानी शौचालय तथा सरसफाई क्षेत्रमा थप काम गर्नुपर्ने बताउनुभयो ।

बालमैत्री शासन वडाका लागि पहिलो चरणमा घर–घरमा पुगेर ४ सय ३३ घरधुरीको वस्तुस्थिति प्रालिले संकलन गरेको थियो । साथै समुदाय स्तर, विद्यालय स्तरमा क्लब समिति गठन, शिक्षक, स्वास्थ्यकर्मी तथा सरोकारवालासँग छलफल, ब्रुसर, चार्टपेपेर सहित होडिङ्गबोर्ड निर्माण गरि सार्वजनिक स्थलमा वितरण र टास गरेको थियो । वडामा बालमैत्री भवन, परिषर र हरेक उपभोग तथा बोलीचालीमा पनि बालमैत्री र मायाँलु भाव जगाउने गरि बालमैत्री वातावरण तयार गर्न थप काम गर्नुपर्ने परामर्शदाताले जनाएको छ ।

रामपुर २ का वडा अध्यक्ष एवं बालमैत्री स्थानीय शासन वडा समितिका संयोजक कृष्ण बहादुर दर्जीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रज्ञा परामर्श सेवा प्रा.लि.का कार्यक्रम सहजकर्ता सञ्जु परियारले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com