2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुरमा बरिस्ठ जेष्ठ नागरिक सम्मान, अधिकारबारे अभिमुखीकरण र स्वास्थ्य परिक्षण

रामपुरमा बरिस्ठ जेष्ठ नागरिक सम्मान, अधिकारबारे अभिमुखीकरण र स्वास्थ्य परिक्षण


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ २२ २०८१
1.4K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले वरिष्ठ ज्येष्ठ नागरिक सम्मान अभिमुखीकरण संगै उहाँहरुको स्वास्थ्य परिक्षण गरेको छ

रामपुर नगरपालिकाको आयोजना तथा जेष्ठ नागरिक संघको सहकार्यमा नगर भित्रका ११ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण र अभिमुखिकरण चलाएको हाे । नगरपालिकाले प्रत्येक वडाबाट सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान दोसल्ला,छाता थर्मस,सम्मान पत्र, ५ सय नगद सहित सम्मान गरेको हो ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै ज्येष्ठ नागरिक राष्ट्रिय  महासंघका केन्द्रिय अध्यक्ष छत्र प्रधानले ज्येष्ठ नागरिकलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो । सरकारले ज्येष्ठ नागरिकको लागि विभिन्न कानुनी व्यवस्था गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताउनु भएको छ । प्रधानले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित र सम्मानित जीवनयापनका लागि राष्ट्रिय नीतिमा परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सोही अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ज्येष्ठ नागरिकको अधिकार र सुरक्षित एव सम्मानित जिवनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । नगर प्रमुख थापाले नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई मध्यनजर गरेर यातायात र स्वास्थ्य सेवा सहितको ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारीमा नगर रहेको बताउनुभयो । नैतिक र सस्कारयुक्त शिक्षा पछिल्लो समय हराउदै गयो नगरप्रमुख थापाले भन्नुभयो- अहिलेको पुस्ताले ज्येष्ठ नागरिक संग शिक्षा र सीप लिन आवश्यक छ ।

ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य सुर्य प्रसाद श्रेष्ठले जेष्ठ नागरिकको भावना बुझेर र सुरक्षा, सम्मानका लागि सबैले ध्यान दिन आवश्यक रहेको ‍बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले आजका अग्रजबाट धेरै कुरा सिक्न टट्कारो रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले ज्येष्ठ नागरिक देशको अमूल्य सम्पत्ति भएको भन्दै हेलामा परेका नागरिकको सुरक्षाका निम्ती सबै लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य डाक्टर प्रेम शर्माले अभिमुखीकरणको सहजीकरण गर्दै ज्येष्ठ नागरिक, जेष्ठ नागरिकको अधिकार, राज्यले गरेको कनुनी व्यवस्था, सुविधा लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमका अवसरमा सहभागि बरिस्ठ जेष्ठ सदस्य सम्मान सहित ज्येष्ठ नागरिकहरुलाई टिका खादाले सम्मान गरिएको थियो । नगरपालिका स्वास्थ्य शाखाले सोही अवसरमा कार्यक्रममा आउनुभएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरेको थियो ।

नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता नमस्ते पाल्पा होटलको सभाहलमा चलेको कार्यक्रममा नगर उपप्रमुख बाल कुमारी थापाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।

oppo_2

oppo_2

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com