प्रेस युनियन पाल्पाको साधारण सभा सम्पन्न, ६ बुदे रामपुर घोषणा पत्र सार्वजनिक
पाल्पा ।
नेपाल प्रेस युनियन पाल्पा जिल्ला शाखाको वार्षिक साधारण सभा रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका ६ ज्याग्दी बृहत पार्कमा वनभोज कार्यक्रम सहित आयोजित वार्षिक साधारण सभाको उट्घाटन गर्सार्वजनिक नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर गहना भए पनि प्रेस माथि नै पछिल्लो समय हस्तक्षेप बढ्दै गएको भन्दै यसले लोकतन्त्र माथि नै खतराको संकेत देखाएको बताए । प्रेस स्वतन्त्रताका लागि फेरि एकजुट भएर लाग्नु आवश्यक रहेको बताउँदै अध्यक्ष लम्सालले केही संगठन समयमा पत्रकार महासंघको अधिवेशन गर्ने पक्षमा नरहेको भन्दै युनियनले तोकिएको मितिभित्र हुनुपर्नेमा जोड दिदै आएको बताएका छन् । सदस्यता शुद्धिकरणमा समस्या देखिएको बताउँदै क्रियाशिल पत्रकारहरुलाई मात्र सदस्यमा समेट्न आग्रह गर्दै आएको स्पष्ट पारेका छन् ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले प्रेसमा माथि पटक–पटक प्रहार हुँदै आएकोमा अहिले मुलधारको पत्रकारिता माथि प्रहार भएको बताउनुभयो। पत्रकार र पत्रकारिताप्रति पछिल्लो समय गालीको वर्षा हुने गरेको भन्दै त्यस तर्फ पत्रकारहरु सजग हुन आग्रह गरे । उनले जुन तन्त्र आएपनि पत्रकारिता क्षेत्रमा निमोठिने कार्य भएको बताउँछन् । कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पत्रकारिताको विश्वनियता गुम्न नदिनका लागि पहल हुनु आश्यक रहेको बताए ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले विकास र पत्रकारिता बीच अन्तर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । नगर प्रमुख थापाले पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै अघि बढ्न सुझाव दिएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारीले पत्रकारले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न आग्रह गर्दै अलोकतान्त्रिक सरकारले बढी लेखेको देखि नसहने भएकाले अहिले सोही समस्या देखिएको बताए । कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुमाया ढकालले विकासको सम्भावनाको उजागर गर्दै निष्पक्ष ढंगबाट अघि बढ्न अनुरोध गरिन् ।
कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले विकास संगै समाजमा आउन सक्ने सम्भावित विकृतिको विरुद्धमा खरो रुपमा लाग्न अनुरोध गरे । नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले पत्रकारहरुले कलमको माध्यमबाट मुलुकको परिवर्तनमा महत्वपूर्ण सहयोग गरेको र विकासको पक्षमा कलम चलाउन आग्रह गरे । प्रेस युनियन पाल्पाका संस्थापक एवं कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरेले बोलेको कुरा व्यवहारमा लागू आग्रह गरेका छन् । साथै नयाँ पूस्तालाई पनि सञ्चार क्षेत्रमा आकर्षिक गर्नका लागि लाग्नु आवश्यक रहेको उनले बताए ।
संस्थापक एवं कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरेले बोलेको कुरा व्यवहारमा लागू आग्रह गरेका छन् । साथै नयाँ पूस्तालाई पनि सञ्चार क्षेत्रमा आकर्षिक गर्नका लागि लाग्नु आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेपाली कांग्रेसका क्षेत्रिय सभापति झमन राज मगर, ट्रेड युनियन कांग्रेसका अध्यक्ष निलकण्ठ देवकोटा, कांग्रेस महासमिति सदस्य देवराज ढकाल, प्रदेश सभापति राम बहादुर राना, कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद प्रसाद भट्टराई, नेकपा एमाले रामपुरका नगर उपाध्यक्ष विशाल श्रेष्ठ अशोक, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यमबहादुर सुनार, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सहसचिव कमल सेन, नेपाल महिला संघका कार्यवाहक सभापति मिना पन्थी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य जिवन तिवारी, प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य रमा भण्डारीले आफ्नो धारणा व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेले जिल्लाको पत्रकारहरुको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएको साधारण सभाले रामपुर घोषणा पत्र पनि जारी गरेको छ । कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका निवर्तमान अध्यक्ष भरत शर्माले ६ बुँदे रामपुर घोषणा पत्र सार्वजनिक गरे । नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दानु हिस्की र अर्का उपाध्यक्ष विष्णु खनालले धन्यवाद, सञ्चालन सचिव विष्णु घिमिरेले गरेका हुन् । साथै कार्यक्रममा मैत्रीपूर्ण वनभोजको आयोजना गरेको समेत भएको थियो ।