तानसेनका मेयर र विद्यार्थी बिच अन्तरक्रिया
पाल्पा ।
बिहानकाे झण्डै ११ बजेकाे थियाे । साेही क्रममा तानसेनकाे वडा न २ मा रहेको देववाणी सस्कृतिक तथा साधारण माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत करिब ५० जना विद्यार्थीहरू तानसेन नगरपालिकामा आए ।
शुरूमा विद्यार्थीहरू एक्कासी नगरपालिका किन आए? भनेर जिज्ञासा पनि लाग्याे । उनीहरू विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप शिक्षण सिकाइ कार्यक्रम अन्तर्गत नगर प्रमुखसँग छलफल र अन्तक्रिर्या गर्नका लागि नगरपालिका आएका थिए । उनिहरूकाे साथमा एक शिक्षक र एक शिक्षिका पनि हुनुहुन्त्थयो । तानसेन नगरपालिकाकाे मिनिहलमा भएको झण्डै १ घण्टकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारले के कस्ता गतिविधिहरू गरिरहेकाे छ । तानसेनकाे शिक्षा शाखाले कस्ता काम गरेको छ । तानसेनकाे श्रीनगरडाडामा डढेलाे लाग्दा स्थानीय सरकारले कसरी काम गर्याे लगाएतमा केन्द्रित रहेर प्रश्न राखेका थिए ।
तानसेन वडा न २ मा रहेको देववाणी सास्कृतिक तथा साधारण माविका कक्षा ६ मा पढ्ने विद्यार्थीहरूले नगर प्रमुखसँग गरेका प्रश्न आम नागरिकहरूले गर्ने प्रश्न भन्दा कम थिएन । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले नगर सरकारले गरेका गतिविधिका बारेमा जानकारी लिन पाउन र स्थानीय सरकारकाे काम कर्तव्य र अधिकारका बारेमा जानकारी लिनुले विद्यार्थीकाे थप ज्ञान वृद्धि टेवा पुग्ने अपेक्षा गरिएको देववाणी सस्कृति तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले बताउनुभयो। विद्यार्थी अभावका कारण झण्डै मर्च हुने अवस्थामा पुगेकाे यस विद्यालयले पछिल्लो समयमा जिल्लामै उत्कृष्ट नतिजा दिदै आएका छ । विद्यालयले विद्यार्थीहरूलाई अध्ययन अध्यापनकाे साथै अतिरिक्त क्रियाकलापमा जाेड दिदै आएकाे प्रध्यानध्यापक थापाले बताउनुभयो ।
विद्यार्थीहरूले गरेका प्रश्नकाे जवाफ दिदै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले हरेक विद्यार्थीले देशमा रेहका तीन तहका सरकारका बारेमा जानकारी लिनुपर्ने बताउनुभयो । अहिले देशमा ३ तहका सरकार छन । जस्मा संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार रहेका छन । जस्मा तानसेन नगर सरकार स्थानीय सरकार रहेको बताउनुभयो । तानसेन नगरपालिकाले शिक्षाकाे क्षेत्रमा पर्यटन,स्वास्थ्य,खेलकुद,खानेपानी,कृषि ,आन्तरिक राजस्व वृद्धि लगाएतकाे क्षेत्रमा काम गरिरएको छ ।
तानसेन नगर सरकारले तानसेनमा विगतकाे समय देखि आम तानसेन नगरबासीले भाेग्दै आएकाे खानेपानीकाे समस्यालाई स्थानीय सरकार आएसँगै केही हद सम्म समाधान गर्न सफल भएको बताएका थिए। तानसेनमा विशेष गरि बैशाख,जेठ महिनामा १५ दिनमा एक पटक पानी आउथ्याे अहिले त्याे समस्याकाे समाधान भएको बताए । त्यस्तै शिक्षाकाे क्षेत्रमा नगरपालिकाले विद्यार्थीहरूलाई दिवा खाजा कार्यक्रमका लागि सहयोग गर्दै आएको बताए ।
नेपाल सरकार विद्यार्थीकाे दिवा खाजा कार्यक्रमकाे लागि प्रति व्यक्ति १५ रूपैयाँमा नगर सरकारले बजार महङ्गीकाे अवस्थालाई मध्ये नगर गरि प्रति विद्यार्थी ५ रूपैयाँ थप गरि २० रूपैयाँ प्रदान गएको छ । नगर सरकारले विद्यालयहरूलाई समायाेजन गरि विग स्कुलकाे अवधारणा अगाडि बढाउने याेजना बनाएकाे बताइएको छ ।
त्यस्तै तानसेन नगरपालिकाले पर्यटकिय स्थल श्रीनगर,रानीमहलबाट आन्तरिक आम्दानी वृद्धि गरिरहेकाे नगरप्रमुुख श्रेष्ठले बताउनुुुभयो । नगर सरकारले विद्यार्थीहरूका अन्तरनिहित क्षमताकाे प्रस्फुटन गर्न मेयर कप,राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता आयाेजना गरेकाे बताउनुुुभयो । तानसेन नगरपालिका ईतिहास बाेकेकाे पुरानाे नगरपालिका रहेकोले तानसेन विकास पर्यटन र कृषिबाट नै सम्भव रहेकोले तानसेनलाई पर्यटकिय गन्तव्य स्थलकाे रूपमा विकास गर्न नगर सरकारले सकारात्मक र रचनात्मक कृयाकलापहरू गरिरहेकाे बताउनुुभयो ।
कार्यक्रम तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले विद्यार्थीहरूले स्थानीय सरकारले गरेका गतिविधिका बारेमा जान्ने चासाे लिएर नगरपालिका सम्म आएकाेमा विद्यार्थीहरूलाई स्वागत गर्नुभयो । विद्यार्थीहरूले दिएका सल्लाह सुझावले नगरसरकारले मध्यनजर गरि विद्यार्थीहरूकाे हितका लागि सकारात्मक र रचनात्मक कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।