2

Logo २०८३ बैशाख १४ सोमबार
अग्निपिडित सदस्यलाई लक्ष्मी लघुबित्त सस्थाको सहयोग

अग्निपिडित सदस्यलाई लक्ष्मी लघुबित्त सस्थाको सहयोग


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख २८ २०८१
3.5K

पाल्पा ।

अग्निपिडित श्रेष्ठलार्ई लक्ष्मी लघुबित्तको सहयोग
गतहप्ता वनको डढेलो बस्तीमा पुगेर घरमा आगोलागी भई क्षति व्यहोरेकी संस्थाका सदस्य कमला श्रेष्ठलाई लक्ष्मी लघुबित्त बित्तिय संस्था रामपुर शाखाले सहयोग गरेको छ ।

गत बैशाख १९ गते रामपुर नगरपालिका वडा नम्बर ४ र ५ को समासिं र गैरामा वनको डढेलो बस्तीमा पुग्दा ५ घर र ८ घर जलेर नष्ट भएको थियो । लक्ष्मी लघुबित्त संस्थाका शेयर सदस्य रामपुर ४ बस्ने कमला श्रेष्ठको घरगोठ सहित कुखुरापालन गर्दै आएको फार्म जलेर कुुखुरा समेतको लगानी क्षति भएको थियो ।

लघुबित्त संस्था रामपुर सदार्वत शाखाका शाखा प्रमुख अम्मर जोशी सहितको टोलीले श्रेष्ठको घरमा नै पुगेर आपतकालिन अबस्थामा शेयर सदस्यलाई राहत सहयोग अन्तर्गत नगद पाँच हजार रुपयाँ हस्तान्तरण गर्नुभएको छ । सहयोग रकम हस्तान्तरण गर्दै शाखा प्रमुख जोशीले विपद् कुनैबेला पनि आउन सक्ने भएकाले यसको लागि सर्तकता अपनाउन र भएको क्षतिबाट अब उठ्न अनुरोध गर्नुभयो ।

लक्ष्मी लघुबित्त संस्थाले आफ्ना सदस्य र सदस्यको परिवारमा परेको विपद्मा मलम लगाउने प्रयत्न स्वरुप राहत उपलब्ध गराउदै आएको शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com