2

Logo २०८३ बैशाख १३ आइतबार
कालिकोटको नरहरिनाथमा गोठालेलाई भत्ता

कालिकोटको नरहरिनाथमा गोठालेलाई भत्ता


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
2.5K

कालिकोट ।

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत बजेट अनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’ मार्फत पशुपालक किसानलाई गोठालो भत्ता उपलब्ध गराउन लागेको गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताउनुभयो ।

गाउँपालिकाले पशुपालन बढाउन किसानलाई गोठालो भत्ता दिने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले बताउनुभयो । गोठालो भत्ता कार्यविधिअनुसार चार वटा भैँसी वा ३० वटा बाख्रा वा ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पालन गर्ने किसानलाई गोठालो भत्ता बापत मासिक रु एक हजार प्रदान गरिने पौडेलले जानकारी दिनुभयो ।

युवा तथा बेरोजगार कृषकलाइ आकर्षित गर्न गाउँपालिकाले कृषकसँग उपाध्यक्ष कार्यक्रम ल्याएको गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले बताउनुभयो ।

घना वनजंगल भएको नरहरिनाथ गाउँपालिकामा पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैँसी तथा भेडाबाख्रा पालन गर्ने किसान छन् । उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न गाउँपालिकाले गोठालो भत्ताको दिन थालेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com