डढेलोका कारण घर जल्दा युवतीको ज्यान गयो
पाल्पा ।
डढेलोकै कारण घरमा आगलागी हुँदा रामेछापमा जलेर एक युवतीको मृत्यु भएको छ । जंगलमा लागेको डढेलो मानव बस्तिमा पुगेर घरमा आगलागी हुँदा गएराति रमिता तामाङको मृत्यु भएको हो ।
घर नजिकैको जंगलमा लागेको डडेलोले छेवैमा रहेको घर सल्किदा रामेछाप नगरपालिका वडा नं ८ चौकिटारकी ३२ बर्षकी तामाङ्गको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
डढेलोले उनको दुईवटा घर तथा गोठ जलेर नष्ट हुनुका साथै ४८ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।
रामेछापका अधिकांश जंगलमा अहिले डढेलो लागिरहेको छ । रामेछापमा डढेलोकै कारण यसअघि दुई जनाको मृत्यु भइसकेको छ ।