2

Logo २०८३ बैशाख १३ आइतबार
रोजगार संग जोड्ने सिलाईकटाई तालिमको नगरप्रमुखद्दारा अनुगमन

रोजगार संग जोड्ने सिलाईकटाई तालिमको नगरप्रमुखद्दारा अनुगमन


Sabalnews प्रकाशित मिति : बिहिबार, बैशाख २० २०८१
1.1K

पाल्पा ।

तानसेन नगरपालिका वडा नम्बर ७ मा सिलाईकटाई तालिमको तानसेन नगरपालिका नगरपालिका प्रमुख सहितको टोलीले अबलोकन अनुगमन गरेको छ ।

गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडपा) अन्तर्गत तानसेन नगरपालिकाले वडा नम्बर ७ मा सिलाई कटाई (तह २) तालिम चलाएको छ ।

सीप तालिमकाे अनुगमन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सिपले आर्थिक आम्दानी संग जोड्ने बताउनुुभयो। उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले आम दिदीबहिनीलाई रोजगार संग जोडेको बताउनुभयो । सामान्य सिलाई कटाई गर्दै आएका महिलालाई तह २ तालिमले थप अबसर जुटाएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले नगरिकलााई रोजगार संग जोड्न र उद्यम संग जोड्न तालिम फलदायी भएको बताउनुभयो ।

तानसेन नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले १ महिनासम्म चल्ने तालिममा महिलाले उत्साहपुर्वक तालिम सिकेको र यसले दैनिक आयाआर्जनमा ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com