2

Logo २०८३ बैशाख १३ आइतबार
पत्रकार बेलबासे १ लाख राशीको पुरस्कारबाट सम्मानित

पत्रकार बेलबासे १ लाख राशीको पुरस्कारबाट सम्मानित


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख २४ २०७९
1.5K

काठमाडौं ।
सरकारले पत्रकार एवं कवि ठाकुर बेलवासेलाई राष्ट्रिय पत्रकारिता पुरस्कर–२०७८ प्रदान गरेको छ । साढे दुई दशकदेखि पत्रकारितामा रहेका बेलवासेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १ लाख राशि सहितको पुरस्कार प्रदान गरेको हो ।

उनले २०५४ सालदेखि पत्रकारिता गर्दै आएका हुन् । बेलवासे रेडियो र टेलिभिजन पत्रकारितामा लोकप्रिय छन् । जनसत्ता सप्ताहिकबाट पत्रकारिता सुरु गरेका बेलवासेले दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव सँगालेका छन् ।
कौटिल्य सप्ताहिक ,रेडियो नागरिक र रेडियो अन्नपूर्ण नेपाल लगायत आधा दर्जन सञ्चारमाध्यममा सम्पादकको भूमिकामा रहेर काम गरेका बेलवासे अहिले एपी वान टेलिभिजनमा आबद्ध छन् ।

नेपाली सहित्यमा पनि उत्तिकै दख्खल राख्ने कवि बेलवासेका चार कृति प्रकाशित छन् । उनको ‘त्रासमा ईश्वर’ कृतिले २०६९ सालको साझा पुरस्कार प्राप्त गरेको थियो । उनी दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

साथै, सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू बालकुमार नेपाल, डिआर पन्त , गङ्गा बराल, सम्झना बन र इकबाल अहमदलाई पुरस्कृत गरेको छ । वरिष्ठ पत्रकार सम्मान २०७८ किशोर नेपाल र तारानाथ दाहाललाई प्रदान गरेको छ । उनीहरूलाई राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com