2

Logo २०८३ बैशाख १३ आइतबार
इलाम २ मा एमाले उमेदवार सुहाङ नेम्वाङ बिजयी

इलाम २ मा एमाले उमेदवार सुहाङ नेम्वाङ बिजयी


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१
1.5K

इलाम ।

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।

इलाम २ मा भएको उपनिर्वाचनमा ३४ बर्षे सुहाङले २७ हजार ७७२ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनी नेकपा एमालेका नेता सुवास नेम्वाङका छोरा हुन् । प्रतिनिधि सभा सदस्य नेम्बाङको निधनपछी इलाम २ मा उपनिर्वाचन भएको हो । नेकपा एमालेले नेम्बाङका छोरा सुहाङलाई उमेदवार बनाएको हो ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार  डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।

रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् । इलाम २ मा ६९ हजार ३७४ मत खसेको थियो ।

यता बझाङमा भएको प्रदेश सभा निर्वाचनमा पनि एमाले उमेदवार बिजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com