2

Logo २०८३ बैशाख १३ आइतबार
इलाम र बझाङ निर्वाचन: मतगणना आइतबार बिहान सर्वदलीय बैठकपछि शुरु गरिने

इलाम र बझाङ निर्वाचन: मतगणना आइतबार बिहान सर्वदलीय बैठकपछि शुरु गरिने


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख १६ २०८१
1.8K

काठमाडौं ।

हिजो भएको निर्वाचनको मतगणना आज शुरु हुने भएको छ । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र- १ मा शनिवार उपनिर्वाचन गरेको थियो ।

शनिबार नै मतगणना गरिने भनिएकोमा मतपेटिका ल्याउन ढिलो भएपछी मतगणना आइतबार बिहान मात्रै हुने गरि शनिवार अबेर निर्णय भएको हो। इलाममा रातिदेखि मतगणना गर्ने भनिए पनि सबै स्थानबाट मतपेटिका संकलन भई नसकेकाले आइतबार मात्रै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत केशब प्रसाद घिमिरेले बताउनुभयो ।

इलामका चुलाचुली, माङसेवुङ, फाकफोकथुम र माइ गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ को मतपेटिका संकलन अबेर मात्र भएको थियो । इलाममा राति २ बजेसम्म मात्र मतपेटिका संकलन भएको निर्वाचन आयोगले जनाएको छ ।

अहिले बिहान ७ बजे सर्वदलीय बैठक बसेर त्यसपछि मात्र मतगणना सुरु गरिने छ।

बझाङको सैपालका तीन वटा मतदान केन्द्रको मतपेटिका संकलन आइतबार बिहान हेलिकोप्टरबाट गरिनेछ । दुवै जिल्लाका निर्वाचन क्षेत्रमा शनिबार बिहान सात बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

इलाममा ६० र बझाङमा ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com