सरकारले मंगलबार दियो सार्वजनिक बिदा
काठमाडौं ।
सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएकोले सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।
मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको हो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुईदिने नेपाल भ्रमणमा आउँदैछन् ।