2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाली समाज पोखराको २१ औं साधारणसभा सम्पन्न ।

पाल्पाली समाज पोखराको २१ औं साधारणसभा सम्पन्न ।


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
1.1K

पोखरा ।

पाल्पाली समाज पोखराको २१ औं साधारणसभा विधान संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ ।

पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार भएको सभाले समाजका पूर्व अध्यक्ष एवं विधान संशोधन समिति संयोजक जगदीश गौतमले प्रस्तुत गर्नु भएको प्रस्ताव सर्वसम्मत् पारित गरेको हो ।

जसअनुसार समाजको कार्यसमिति अब १५ सदस्यीय मात्र हुनेछ । गएको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तथा बाँकी ८ सदस्य निर्वाचित हुनेछन् । कार्यकाल २ वर्ष यथावत् हुनेछ । समाजका सल्लाहकार डा.यज्ञमान शाक्यले कार्यक्रम उद्घाटन गर्दै समाजको गतिविधिको प्रशंसा गर्नु भएको थियो । उहाँले कामकाजी छोराछोरीका कारण वृद्ध बाबुआमा सहाराविहीन हुन पुगेको जनाउँदै आफूले १० वर्षअघि आनन्दित गृह स्थापना गरेको बताउनुभयो ।

समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले समाजको आर्थिक गतिविधिमाथि प्रकाश पार्नु भएको थियो । समाजका अध्यक्ष बालचन्द्र परियारले समाजको गतिविधि एवं भावी योजनासहितको प्रतिवेदन पेस गर्नुभयो । समाजका कोषाध्यक्ष पदमप्रसाद पोखरेलले कोषाध्यक्षको प्रतिवेदन पेस गर्नुभयो ।

समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको सभामा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार ताराप्रसाद पोखरेल, सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

समाजले यसअघि गरेका विविध कार्यक्रमका संयोजकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । साथै समाजद्वारा प्रकाशित भित्तोपात्रो–२०८१ विमोचन गरिनुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको छ ।

बि स २०५१ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको पाल्पाली समाज कास्कीको सबैभन्दा पुरानो सम्पर्क समाज हो । समाजको पहलमा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. सञ्चालित छ भने पाल्पा हाउस र पाल्पा कोलेनी खुलेको छ।

पाल्पाली कोशेली घरको रुपमा परिचित पाल्पा हाउसमा पाल्पाली ब्रान्ड ढाका, करुवा लगायतको बिक्री वितरणको व्यवस्था मिलाइएको पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेले बताउनुभयो । पाल्पा जन्मथलो भई पोखरालाई कर्मभुमी बनाएका धेरै पाल्पालीले पाल्पामा समाजबाट सामाजिक काम गरेका छन् भने पोखरामा पाल्पाली गतिबिधी बढाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com