2

Logo २०८३ बैशाख १४ सोमबार
तानसेन नगरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्नुपर्ने

तानसेन नगरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्नुपर्ने


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
1.1K

नगरपालिकामा सार्वजनिक शिक्षालाई व्यवस्थित र गुणस्तर बनाउन सरकारी सेवासुविधा लिनेका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय भएको नगर शिक्षा समितिका संयोजक तथा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो  ।

शैक्षिकसत्र २०८१–८२ देखि यहाँका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरी र अभिभावकत्व लिएका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने नगर शिक्षा समितिको बैठकबाट पारित भएको छ ।

सामुदायिक विद्यालय सुधारसँगै नगरपालिकाको शिक्षाको गुणस्तरमा सुधार ल्याउन यस्तो निर्णय गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । विशेषगरी सार्वजनिक शिक्षामा जनप्रतिनिधि र कर्मचारीलगायत सबैको चासो बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले बताउनुभयो ।

तानसेन नगरपालिकाको स्थानीय शिक्षा नियमावलीको चौथो संशोधन गरी सबै बालबालिकालाई सरकारी विद्यालयमा अध्यापन गराउनुपर्ने व्यवस्था गरिएको हो । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा केही समायोजन भएर हाल १८ वटा माध्यमिक विद्यालय, ६ आधारभूत विद्यालय र २६ प्राथमिक विद्यालय रहेका छन् । १९ वटा निजी विद्यालय रहेका छन् ।

यहाँका सामुदायिकमा ७ हजार ७ सय ७० र निजी विद्यालयमा गरी करिब १४ हजार विद्यार्थी अध्ययनरत रहेको शाखा प्रमुख न्यौपानेले बताउनुभयो । यसैगरी तानसेन नगरपालिकाले नगरलाई शैक्षिक हवको रुपमा विकास गर्न नयाँ योजना अगाडि बढाएको छ ।

तानसेन नगरपालिका भित्रका ५० विद्यालयमध्ये ४ विद्यालयलाई विग विद्यालयको अवधारणाको रुपमा विकास गर्ने तयारी गरिएको तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । उहाँका अनुसार एकसय गरीब, जेहेन्दार अति विपन्न विद्यार्थीलाई निःशुल्क आवासीय पठनपाठन गराइनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com