2

Logo २०८३ बैशाख १३ आइतबार
दोस्रो न्यु युथ युनियन कप पाल्पाको तानसेनमा शुरू

दोस्रो न्यु युथ युनियन कप पाल्पाको तानसेनमा शुरू


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र ७ २०८०
1.4K

पाल्पा ।

न्यु युथ युनियन क्लब तानसेनको आयाेजनामा दोस्रो न्यु युथ युनियन कप पाल्पाको तानसेनमा शुरू भएको छ ।

तानसेन टुडिखेल मैदानमा शुरू भएको  प्रतियाेगिता चैत २४ गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगिताकाे उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नु भएको हाे ।  “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन भएको प्रतियाेगितामा पाल्पा लगाएत स्याङ्जा,नवलपरासी,रूपन्देही जिल्लाहरूबाट समेत खेलाडीहरु सहभागी भएका छन्।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले तानसेनकाे विकास पर्यटनबाटै नै सम्भव रहेको बताउनुभयो। नगर सरकारले साेही अनुसार आफ्ना गतिविधि सञ्चालन गरेको बताउदै  नगर सरकारले  तानसेनलाई खेल पर्यटनकाे रूपमा विकास गर्ने गरि विभिन्न समयमा क्लब एवम संघ सस्थासँग सहकार्य गरिरहेकाे बताउनुभयो ।

वि स २०७७ सालमा स्थापना भएको क्लबले अघिल्लो बर्ष पनि प्रतियाेगिता आयाेजना गरेको थियाे । प्रतियाेगितामा प्रथम हुनेले ८० हजार,द्वितीयले ४० हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । खेलमा उत्कृष्ट खेलाडीले ३ हजार,उत्कृष्ट गाेल रक्षकले २ हजार ५ सय,उदयीमान खेलाडीले २ हजार ५ सय,सर्वाधिक गाेलकर्ताले २ हजार ५ सय,उत्कृष्ट रक्षकले २ हजार ५ सय र म्यान अफ द म्याचले १ हजार १ सय प्राप्त गर्ने न्यु युथ युनियन क्लब तानसेन पाल्पाका अध्यक्ष मनाेजमान लिगलले जानकारी दिनुभयो । सहभागी टिम दर्ता शुल्क ५ हजार ५ सय छ ।

 स्थानीय स्तरका खेलाडीहरूमा भएकाे प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उधेश्यका साथ प्रतियाेगिता सञ्चालन गरिएकाे जनाएको छ  । टिकट विक्रीबाट प्राप्त रकम पाल्पा फुटबल एकाडेमीका साना खेलाडीहरूका लागि ३० प्रतिशत रकमबाट खेल सामाग्री हस्तान्तरण गरिने बता अध्यक्ष लिगलले बताउनुभयो । खेलमा १५ टिमकाे सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com