2

Logo २०८३ बैशाख १३ आइतबार
किसानलाई रामपुरमा मकैको बीउ बितरण

किसानलाई रामपुरमा मकैको बीउ बितरण


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन ३० २०८०
2.5K

पाल्पा ।

रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा सेतो, पहेलो मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो । यस क्षेत्रको हावापानीमा उत्पादन हुने र कृषकको माग अनुसारका विभिन्न ३ जातका मकैको विउ वितरण गरेको कृषि शाखा प्रमुख नारायण गैरेले बताउनुभयो ।

बिगतमा नियमित बितरण गर्दै आएको मकैको बिउमा यसपटक भने गतबर्ष खडेरीले मकै उत्पादन कम हुनुले किसानलाई ठूलो मात्रामा मकै बीउ बितरण गरेको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । खडेरीका कारण बीउ नै मासिने अबस्था आयो, किसानलाई समयमै राहत होस् भनेर बीउ बितरण गरेका हौ उहाँले भन्नुभयो ।

नगरपालिका भित्रका कृषक र कृषि सहकारी गरि ७ सय १२ जनालाई ८ हजार ८ सय २९ किलो मकैको विउ वितरण गरिएको कृषि शाखा प्रमुख गैरेले बताउनुभयो । कृषकहरुलाई मनकामना ३, अरुण २ र रामपुर कम्पोजिट गरि ३ जातका मकैको विउ वितरण गरिएको गैरेले बताउनुभयो ।

रामपुर नगरपालिकाले खाद्यान्न बीउ ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ बराबरको विउ वितरण गरेको छ । यस भन्दा अगाडी नगरपालिकाले धान, गहुँ सहित लहरे तरकारीको विउ पनि केही रकम सहुलियत अनुदानमा वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com