2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनी प्रदेशका महिला खेलाडीलाई रामपुर नगरको सम्मान

लुम्बिनी प्रदेशका महिला खेलाडीलाई रामपुर नगरको सम्मान


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५ २०८०
2.2K

पाल्पा ।

अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा रामपुर नगरपालिकाले लुम्बिनी प्रदेशको महिला भलिबल टिमलाई नगद सहित सम्मान गरेको छ । रामपुरमा सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल टिमलाई प्रोत्साहनका लागि दिवसको अबसरमा उनीहरुलाई सम्मान गरेको हो ।

एक सय १४ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा विहिबार खेलाडी तथा अफिसियललाई नगद एक हजार पाँच सय रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो ।

खेलाडीलाई सम्मान गर्दै नगर प्रमुख रमण बहादुर थापाले नगरभित्र दुई वटा कवर्डहल निर्माण भैरहेको जानकारी दिदै भलिबलको प्रवद्र्धनका लागि आगामी वर्ष भलिबल स्टेडियम निर्माणका लागि एक करोड विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले क्षेत्रिय स्तरको रंगशाला निर्माणको लागि डिपीआर तयार गरिए पनि लागत धेरै लाग्ने भएकाले स्थानीय तह बाट मात्र सम्भव नभएको बताउनुभयो । राज्यको तर्फ बाट खेलप्रति अझै लगानी हुन नसकेको बताउनुभयो । उहाँले लुम्बिनी कप भलिबल प्रतियोगिताले नगरलाई थप चिनाउन सहयोग गरेको बताउनुभयो ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले खेल क्षेत्रको उत्थानमा महिला खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न कार्यक्रम गरिएको जानकारी दिनुभयो । विगतको तुलनमा महिलाले धेरै प्रगती गरेको बताउनुभयो ।

रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलले खेलकुद आवश्यकता र अधिकारको क्षेत्र भएको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर-१ का वडाअध्यक्ष  कपिल बहादुर खाँणले भुगोल अनुसार भलिबल सबै क्षेत्रलाई उपयुक्त खेल रहेको बताउँदै यसका लागि पूर्वाधार निर्माण र प्रशिक्षणमा सरोकारवाला सबैले ध्यान दिनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्यले महिलाहरुले खेलकुद मार्फत दिएको योगदानको चर्चा गर्नु भएको थियो ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले भलिबलका लागि पाल्पा सम्भावना रहेको स्थान भएको बताउँदै बढ्दो आकर्षणलाई ध्यानमा राख्दै अन्य खेलमा भन्दा बढी भलिबलमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी भलिबल टिमका प्रशिक्षक अर्जुन घिमिरेले स्थानीय सरकारले खेलकुदको प्रवद्र्धनका लागि देखाएको सक्रियता प्रशंसनिय रहेको बताउनुभयो । लुम्बिनी प्रदेश भलिबल टिमका टिम क्याप्टेन निशा चौधरीले सम्मानको लागि धन्यवाद व्यक्त  गर्नुभयो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको अध्यक्षता, कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत बाटसुरु भएको थियो । कार्यक्रमको सञ्चालन महिला शाक्गा प्रमुख सहायक महिला विकास निरीक्षक पुजा परियारले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com