2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा सम्पन्न लुम्बिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

पाल्पामा सम्पन्न लुम्बिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन २३ २०८०
1.6K

पाल्पा ।

पाल्पाको रामपुरमा आयोजित प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले चुमेको छ ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपिएफ क्लबले बाग्मती प्रदेशलाई ३-२ सेटले पराजित गरि उपाधी चुमेको हो । लगातार पहिलो र दोस्रो सेट जितेको बाग्मतीलाई तेस्रो र चौथो सेटमा एपिएफले बराबरीमा समेटेपछि भएको १५ अंकको खेलमा एपिएफले सफलता चुमेको हो  ।

उसले २५–१९, २५–१७ र १८–१६ को सेटमा जितेको हो भने पहिलो र दोस्रो सेट बाग्मतीले २५–१८, २५–१७ का साथ जितेको थियो । बागमती क्लबकी रीमा कुंवर फाइनल खेलको प्लेयर अफ द म्याच हुन सफल भएकी छन् । खेलमा द्दितिय बाग्मती प्रदेश भएको छ । एपीएफले कोशी प्रदेशलाई र बाग्मतीले लुम्बिनी प्रदेशलाई पराजित गरेर फाइनल प्रवेश गरेका हुन् ।

तृतीयका लागि भएको खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएर लुम्बनीले सहज जित निकालेको थियो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ को सेटमा पराजित गरेको हो । लुम्बिनीकी मीना सुनार खेलको प्लेयर अफ द म्याच हुन सफल भइन् ।

प्रथम भएसंगै एपीएफले नगद २ लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । प्रतिस्पर्धात्मक खेलको उपबिजेतामा चित्त बुझाएको बागमतीले १ लाख ५० हजार नगदका साथै ट्रफी, मेडल प्राप्त गरेको छ । तृतीय भएको लुम्बिनी प्रदेशले नगद ७५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सान्तवना
भएको कोशी प्रदेशले नगद ३५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ ।

लिक नकआउटको आधारमा गत फागुन १८ गतेदेखी रामतुलसी माबिको खेलमैदानमा भएको खेल अबधिभर विभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको छ ।

खेल अवधिभर उत्कृष्ट स्पाइकर लुम्बिनीकी मीना सुनार, उत्कृष्ट सेटर बागमतीकी प्रगतिनाथ, उत्कृष्ट डिफेन्डर बागमतीकै सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी र उत्कृष्ट कोच एपीएफकै महेश चौधरी भएका छन् ।

बिजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगर, प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठ, लुम्बिनी खेलकुद परिसदका सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङ लगायतले नगद, ट्रफी, मेडल, प्रमाणपत्र बितरण गर्नुभयो ।

विजेता समुहलाई पुरस्कार वितरण गर्नुहुदै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राष्ट्रिय भलिबलले पाल्पा र लुम्बिनीलाई राष्ट्रियकरण गरेको बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रिय स्तरका अन्य खेल सञ्चालनमा समस्या भएको बताउदै पूर्वाधार निर्माणमा जोड दिने प्रतिवद्धता जनाउनुभयो । लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले पाल्पामा राष्ट्रिय स्तरको खेल सम्पन्न हुनु गौरवको विषय रहेको उल्लेख गर्दै महिला भलिबलप्रति उत्साह र थप खेलको संभावना बढाउने बताउनुभयो ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल संघ पाल्पाको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवर्द्धनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com