2

Logo २०८३ बैशाख १४ सोमबार
स्थानीय स्तरमा न्यायिक निरुपणका लागी मेलमिलाप सम्बन्धि आधारभुत तालिम रामपुरमा सम्पन्न

स्थानीय स्तरमा न्यायिक निरुपणका लागी मेलमिलाप सम्बन्धि आधारभुत तालिम रामपुरमा सम्पन्न


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन २२ २०८०
715

पाल्पा ।

मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन रामपुर नगरपालिकाले  पुनः सञ्चालन गरेको मेलमिलाप सम्बन्धि आधारभुत तालिम सकिएको छ ।

८ दिनसम्म चलेको तालिममा नगरपालिकाका  वडाको सिफारिसमा आउनुभएका १० वटै वडाका प्रतिनिधि र जनप्रतिनिधि गरि ३० जनाको सहभागिता थियो ।

“हाम्रो समस्या हाम्रै समाधानः मेलमिलाप” भन्ने नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा भएको तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका बिबिध पाटोमा सहजीकरण गरिएको थियो ।

तालिम समापनमा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले समापनका अवसरमा तालिममा सहभागि मेलमिलापकर्ताहरुलाई प्रमाण पत्र प्रदान गर्दै वडाबासीमा नागरिकलाई न्यायको अनुभूति दिने गरि मेलमिलाप गर्न आग्रह गर्नुभयो । मेलमिलामकर्ता मार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भए नगर, जनप्रतिनिधि र अदालतमा आउने भार कम हुने बताउनुभयो ।

प्रमुख प्रसासकीय अधिकृत सुर्य दर्शन पण्डितले
विवादको साटो, मेलमिलापको बाटोलाई सार्थकता दिन मेलमिलापकर्ताले निष्पक्ष रुपमा न्याय दिन आग्रह गर्नुभएको थियो । उहाँले मेलमिलापकर्ताको आचरण र गुणमा रहेर काम गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताउनुभयो । मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । आधारभुत तालिममा सहभागी, सुचीकृत मेलमिलापकर्ता, वडाअध्यक्षलाई उपप्रमुख थापाले  वडामा मेलमिलाप केन्द्रलाई चुस्त गराउन र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष कपिल बहादुर खाँणले तालिमबाट सैद्धान्तिक ज्ञान पाएको र अब गाँउ समाजमा गएर सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

प्रशिक्षक तथा कास्की बारका उपाध्यक्ष समेत रहनुभएकी अधिबक्ता गीता आचार्यले मेलमिलाप नै दुबै पक्षको उपयुक्त र सन्तुष्टि भएकोले मेलमिलाप माध्यमलाई राज्यले अघि सारेको बताउनुभयो ।

अर्का प्रशिक्षक अधिबत्ता हरि प्रसाद पण्डितले तालिममा सिकेका कुरा तालिममा मात्र सिमित नराखी व्यक्तिगत  र सामाजिक जिवनमा प्रयोग गरि सुन्दर समाज र नगर बनाउन आग्रह गर्नुभयो ।

अधिबक्ता आचार्य र पण्डितले सैद्धान्तिक तथा प्रयोगात्मक गरि तालिमको दिनुभएको हो । न्यायिक सेवालाई प्रभावकारी बनाउन र वडामा स्थापित मेलमिलाप केन्द्रलाई मजबुत बनाउन सुचीकृत मेलमिलापकर्ता कम भएकोले तालिम सञ्चालन गरेको रामपुर नगरपालिका न्यायिक समितिले जनाएको छ ।

न्यायिक समितिका संयोजक तथा उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन न्यायीक समितिका सचिवालय सचिव पार्वती परियारले गर्नुभएको थियो ।

सोही अबसरमा नगरप्रमुख थापाले उपप्रमुखलाई सपथ खुवाउनुभएको छ भने न्यायिक समिति संयोजक तथा उपप्रमुख बालकुमारी थापाले तालिम पूरा गर्नुभएका मेलमिलापकर्तालाई सपथ खुवाउनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com