2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा २ चरणमा १७ हजार ८ सय ४५ बालबालिकालाई दादुरा–रुवेला बिरुद्धको खोप लगाइदै

पाल्पामा २ चरणमा १७ हजार ८ सय ४५ बालबालिकालाई दादुरा–रुवेला बिरुद्धको खोप लगाइदै


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०
743

पाल्पा ।

स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका बालबालिकालाई २ चरणमा दादुरा–रुवेला खोप लगाउने जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले पाल्पामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने तयारी गरिएको बताउनुभयो । उहाँले पाल्पाका १७ हजार ८ सय ४५ बालबालिकालाई दादुरा–रुवेला बिरुद्धको खोप लगाउने तयारी गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले पाल्पामा दुई चरणमा खोप सञ्चालन गर्नेछ । पहिलो चरणमा फागुन १३ गतेदेखि १६ गतेसम्म जिल्लाका तानसेन नगरपालिका, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २६ गतेसम्म रामपुर नगरपालिका, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ ।

खोप अभियानका लागि जिल्लामा २ सय ७९ वटा खोपकेन्द्र तय गरिएको छ । दादुरा–रुबेला खोप लगाएमा विभिन्न रोगको संक्रमण तथा आक्रमणबाट बच्न सकिने, दादुरा सर्ने र अर्को मानिसलाई सार्ने सम्भावना नहुने प्रमुख बिश्वनाथ न्यौपाने बताउनुभयो । दादुरा रुबेला खोप ९ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकाले अनिवार्य रुपमा लगाउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com