2

Logo २०८३ बैशाख १४ सोमबार
जिल्लामा पहिलोपटक माथागढ़ी १ चिदीपानीले अनलाईन सिफारिस

जिल्लामा पहिलोपटक माथागढ़ी १ चिदीपानीले अनलाईन सिफारिस


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४ २०८०
869

पाल्पा ।

जिल्लामै पहिलो पटक माथागढ़ी गाउपालिका वडा न १ चिदीपानीले अनलाईन सिफारिस प्रणाली शुरु गरेको छ ।

नाता प्रमाणित, योजना सम्झौता, जग्गा नामसारी, नागरिकता सम्बन्धी सबै सिफारिसहरु Annual Income Verification (बार्षिक आयश्रोत प्रमाणिकरण) उद्योग फर्म दर्ता सिफारिस, जन्म र मृत्यु प्रमाणित, आयव्यय प्रमाणित लगायत अनलाइन सिस्टमद्वारा विभिन्न प्रकृतिका सिफारिसहरु छिटो र छरितो गर्न सकिने वडा अध्यक्ष राजकुमार पन्थीले बाताउनुभयो ।

वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विधुतीय अभिलेखीकरण हुने, सेवाग्राहीले अनलाईन मार्फत निवेदन बुझाउन सकिनेछ । जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो, विश्वसनीय र प्रभाबकारी हुनेछ ।
प्रविधिको प्रयोग गरी पेपरलेस सेवा प्रवाहको दिशामा महत्वपुर्ण खुड्किलो हुने पन्थीको भनाइ छ । सेवा प्रयोग गर्नको निम्ति URL https; /sifarish.ibis.com.np/ login मा क्लिक गर्न सकिने वडा सचिब राजु ज्ञवालीले जानकारी दिनुभयो ।

वडाबासी केश बहादुर सिङ्जालीलाई पहिलो अनलाईन निवेदनको सिफारिस दिईएको छ । सेवाग्राहीको रुपमा सिफारिस गरिएको कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्य डुकुल बहादुर गाहा, इन्जिनियर निवेश किरण अधिकारीले प्रविधिको विकास, वडाबासीको पहुँच र सहज सेवाका बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com