2

Logo २०८३ बैशाख १३ आइतबार
बिरामीलाई आवश्यक रगत जोहो गर्न भण्डारीको संयोजकत्वमा पाल्पा रक्तदाता संघ

बिरामीलाई आवश्यक रगत जोहो गर्न भण्डारीको संयोजकत्वमा पाल्पा रक्तदाता संघ


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४ २०८०
617

पाल्पा ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारीको नेतृत्वमा पाल्पा रक्तदाता संघको गठन भएको छ । नेपाल नियमित रक्तदाता संघ पाल्पाको तानसेनमा सम्पन्न भेलाले भण्डारीको संयोजकत्वमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो ।

जिल्लामा बिरामीका लागि आवश्यक रगत व्यवस्थापन सहज बनाउन संघ क्रियाशील रहने संयोजक भण्डारीले बताउनुभयो । यसले छरिएर रहेका रक्तदाताहरुलाई गोलबद्ध गरेर अगाडि बढाउने, जिल्लाका सामाजिक संघ संस्था र अभियन्तासंगको समन्वय र सहकार्यमा रक्तदान बारे सचेतना फैलाउने, रक्तदाताहरुको सूचि तयार गर्ने र अन्तिममा ब्लड बैक स्थापना गर्ने लक्ष्यका साथ संघले काम गर्ने संयोजक भण्डारीले जानकारी गराउनुभयो ।

भेलामा संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवाल, महासचिव दीपक अधिकारी, केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष अशेष सिलवाल, पाल्पाली संगमका पूर्व अध्यक्ष पदम न्यौपाने र पत्रकार देब पचभैयाले आवश्यक परेको बेला बिरामीले रगत जुटाउन धेरै समस्या हुने गरेकोमा यो संघले सहजीकरण गर्ने बिश्वास ब्यक्त गर्नुभयो । भेला नव निर्वाचित संयोजक भण्डारीको अध्यक्षतामा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com