आफू अनुकुलका नियुक्ति गर्न प्रदेश र स्थानीय तहलाई अख्तियारको रोक
काठमाडौँ ।
प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।
अख्तियारले प्रदेश तथा स्थानीय तहहरूमा कार्य सम्पादनका लागि भन्दै आवश्यक नभएका र सरकारी स्रोत साधनको दुरुपयोग हुने गरी स्वकीय सचिव, प्रेस,कानुनी, प्राविधिक तथा प्रशासनिक सल्लाहकार नियुक्ति गर्ने गुनासो आएको जनाएको छ ।
कानुन विपरित हुने त्यस्ता नियुक्तिहरु नगर्न र नगराउन अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मार्फत सर्कुलर गरेको हो । अनुत्पादक र अनावश्यक पदहरु सिर्जना नहुने सुनिश्चत गर्न पनि अख्तियारले सुझाव दिएको छ ।