2

Logo २०८३ बैशाख १३ आइतबार
आगोलागी पिडित उचई परिवारलाई प्रदेश सभा सदस्य श्रेष्ठद्धारा राहत हस्तान्तरण

आगोलागी पिडित उचई परिवारलाई प्रदेश सभा सदस्य श्रेष्ठद्धारा राहत हस्तान्तरण


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १४ २०८०
1.3K

पाल्पा ।

रामपुर नगरपालिका वडा नम्बर १ हागेंपिपलका आगोलागी पिडित परिवारलाई प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ । गत माघ १२ गतेका दिन आगोलागीबाट हागेपिपलका एकै गाउँका ३ घर जलेर नष्ट भएको थियो ।
दिउसोको समयमा घर तल बारीमा स्याउला पोल्दै गर्दा एक्कासी बारी माथी रहेको ज्ञान कुमारी उचई, हस्त बहादुर उचई र चुना कुमारी उचईको घरमा आगोको झिल्काले टिपेर घरगोठ जल्न पुगेको थियो ।

सोही परिवारमा पाल्पा क्षेत्र नम्बर १, १ का प्रदेश सभा सदस्य श्रेष्ठले जाडोको समयमा घर आगोलागीबाट सर्वस्व गुमाएका उच्चै परिबारलाई सिरक डस्ना, च्यादर सहितका ओड्ने ओच्याउने सहितका जाडोको कपडा सहयोग गर्नुभएको हो । कपडा हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले जाडोको समयमा परेको बिपद्ले समस्या आएपनि यसलाई चुनौती साथ सामना गर्नुपर्ने बताउनुभयो । घर मर्मत गरेर मात्र नहुने अबस्थाले घर बनाउन देखिको सहयोगको खाचो रहेको औल्याउदै तत्कालका लागि व्यक्तिगत सहयोग गरेको र प्रक्रिया पु¥याएर प्रदेश सरकार स्थानीय सरकारले सहयोग गर्ने भएकोले यसको लागि स्थानीयले सघाउन अनुरोध गर्नुभयो । अझ यो बेला जोगिन र न्यानो भएर बस्न प्रदेश सभा सदस्य श्रेष्ठले आग्रह गर्नुभयो । आखै अगाडि घर जलेर खरानी भएको देख्नुभएकी ज्ञान कुमारी उचईले दौडिदा दौडिदै आगोले सखाप पारेको बताउनुभयो ।

घरका अन्य परिबार उच्च शिक्षा र रोजगारको लागि बाहिर भएको र घरमा जेष्ठ नागरिक मात्रै रहेको बेला आगोलागी हुँदा दैनिकी कष्ठकर भएको छिमेकी महेन्द्र खाण ठकुरीले बताउनुभयो । ३ घर एक गोठ आगोलागी हुँदा लाखौं रकमको धनमाल जलेर नष्ट भएको हो । ६ बर्षदेखि ओछ्यानमै रहनुभएका ७५ बर्षिय बिरामी दुर्गा बहादुर उचई पिढीमा सुतिरहेका बेला सकुशल उद्धार भएको छ । गोठ आगोलागीमा १ बाख्रा र कुखुरा पनि जलेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com