2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा मासिक अपाङ्गता परिचय पत्र बितरण

रामपुरमा मासिक अपाङ्गता परिचय पत्र बितरण


Sabalnews प्रकाशित मिति : शुक्रबार, माघ १२ २०८०
631

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले निबेदन संकलन गरि हरेक महिना अपाङ्गता परिचय पत्र बितरण गर्दै आएको छ ।

अपाङ्गताको प्रकृति अनुसार निबेदकहरु बढ्दै जादा फरक क्षमता भएका नागरिकलाई सहज, सरल र छिटो सेवा दिने उद्देश्यले हरेक महिनाको १० गते नयाँ परिचय पत्र, अध्याबधिक र डिजिटल परिचय पत्रको लागि मासिक सेवा दिन थालेको हो ।

धेरै समयसम्म पनि शिबिर बस्न नसक्ने अबस्थामा निबेदन दिएको लामो समयसम्म पनि परिचय पत्र नपाउने स्थिति हुने भएकाले यसलाई नियमित र छिटो छरितो र फरक क्षमता भएका नागरिकलाई पनि अन्य समय भन्दा जुनसुकै समय निबेदन दिएपनि तोकिएकै दिन ल्याउन र बोलाउन सहज हुने भएकोले हरेक महिना १० गतेलाई तोकेर सेवा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले जानकारी दिनुभयो ।

रामपुर नगरपालिका महिला, बालबालिका तथा सामाजिक सेवा शाखामा आएका निबेदन र जाच अनुसार माघ १० गते बुधबार १० जनालाई अपाङ्गता परिचय पत्र बितरण गरिएको शाखा प्रमुख पुजा परियारले जानकारी दिनुभयो ।

अपाङ्गता परिचय पत्र बितरण कार्यबिधि २०७५ को परिच्छेद २ को ४ बमोजिम वडा सिफारिस र मेडिकल जाचका आधारमा ३ जनालाई क, ३ जनालाई ख, २ जनालाई ग र २ जनालाई घ परिचय पत्र बितरण गरिएको समितिले जनाएको छ । जसमा २ जनाको अध्याबधिक गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com