2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउदै

नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउदै


Sabalnews प्रकाशित मिति : शुक्रबार, माघ १२ २०८०
799

काठमाडौं ।

नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।

स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी गरिएको नेपाली कांग्रेसले जनाएको छ।

केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसले स्थापना दिवसको अबसर पारेर एक महिने अभियान संचालन गर्दैछ ।

नेपालमा राणाशासनविरुद्ध अभियान चल्दै गर्दा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको चार महिनापछि भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा भएको भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो।

भेलाले राणा शासनविरुद्ध लागेको आरोपमा जेलजीवन बिताइरहेका प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई सम्मानस्वरूप सभापतिमा चयन गरेको थियो भने बिपी कोइरालालाई कार्यवाहक सभापति चुनेको थियो।

त्यही भेला भएको मितिलाई आधार मानेर कांग्रेसले स्थापना दिवस मनाउने गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com