2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनी मेडिकल कलेजको पाँचौ तलाबाट हाम फाल्दा बिरामीको गयो ज्यान

लुम्बिनी मेडिकल कलेजको पाँचौ तलाबाट हाम फाल्दा बिरामीको गयो ज्यान


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
2.2K

पाल्पा ।

पाल्पाकाे लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको ज्यान गएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको हाम फालेर निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

गत बैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । लडेर घाइते भएका सोमईलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएकोमा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमईले अस्पतालको पाचौं तलाबाट हाम फालेको प्रहरीको भनाई छ ।

हाम फालेका साेमइको घटनास्थलमै मृत्यु भएको हो । उनको शवलाई अहिले पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com