रामपुर फनपार्कमा कलाकारको साथमा सास्कृतिक कार्यक्रम हुने
पाल्पा ।
रामपुर नगरपालिका–५ मटेरीमा ‘रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । आईकोनिक ग्रुप प्रालि द्धारा सञ्चालित रामपुर फनपार्कमा यहि माघ ५ र ६ गते कार्यक्रम हुन लागेको हो ।
मनोरञ्जन संगै आन्तरिक पर्यटन प्रबर्द्धनका लागि कार्यक्रम गर्न लागिएको आईकोनिक ग्रुप प्रालिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजन कार्की, कृष्ण सुवेदी, ज्योति लोहनी, पुजा योन्जन मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । साथै कार्यक्रममा कलाकारहरुको एकल प्रस्तुति तथा प्रत्यक्ष दोहोरी समेत हुनेछ ।
८ रोपनी जग्गामा निर्माण भएको फनपार्कमा बालउद्यान सञ्चालन हुँदै आएको छ । जहाँ दैनिकजसो आन्तरिक पर्यटक र संघ सस्थाका व्यक्तिहरुको आगमन हुँदै आएको संचालक दिपेन्द्र भट्टराईले बताउनुभयो। पार्कमा पिङ्ग, झुला, रेल लगाएतका बालउद्यान सहित दुवो सहितको खुल्ला पार्क, रेष्टुरेण्ट, पसल तथा फोटो खिच्ने स्थान निर्माण गरिएको छ ।