2

Logo २०८३ बैशाख १३ आइतबार
माननिय खेम बहादुर सारुको प्रदेश सभा सदस्यमा १ वर्ष 

माननिय खेम बहादुर सारुको प्रदेश सभा सदस्यमा १ वर्ष 


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २२ २०८०
666

लुम्बिनी ।

२०७९ मंसिर ४ गते सम्पन्न “प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन- २०७९” बाट पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १(२) बाट लुन्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भई २०७९ पौष १७ गते सपथ ग्रहण गर्नु भएका माननीय खेम बहादुर सारु ज्यूबाट १ वर्षको अवधीमा ऐन कानून निर्माण, संसदीय भूमिका, विकास निर्माणका योजना र बैठक सभा कार्यक्रममा जनाउनु भएका उपस्थितिहरुको विवरण सार्वजनिक गरिएको छ ।

लामो समयसम्म सामाजिक, राजनितिक, शैक्षिक क्षेत्रमा कृयाशील रहनु भएका सारु ज्युले यो एक वर्षको अवधी विविध अनुभव र सिकाईका साथ अत्यन्तै उत्साहजनक रुपमा व्यतीत गर्नु भएको छ । यो सुखद अवसर प्रदान गर्नु हुने पार्टीका स्रदय नेतागण, कार्यकर्ता पंक्ति, मतदाता, संचारकर्मी, समस्त दाजुभाइ दीदी बहिनीहरु तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन सहित संक्षिप्त विवरण प्रस्तुत छ ।

क) प्रदेश सभा, अधिवेशन, बैठक तथा समिति बैठकमा उपस्थिति :

पहिलो अधिवेशन : १० वटा बैठक मध्ये १० वटैमा सहभागीता
दोस्रो अधिवेशनको : २५ वटा बैठक मध्ये २३ वटा बैठकमा सहभागीता

जम्मा ३३ वटा बैठकमा सहभागिता

प्रदेश सभामा समसामयिक विषयमा विशेष समयमा ३ पटक संवोद्धन
नीति तथा कार्यक्रम र वार्षिक “विनियोजन विधेयक” गरी : २ पटक संवोद्धन

विधेयक माथी छलफल :
लुम्बिनी प्रदेश सभाको “अर्थ, उद्योग तथा पर्यटन समिति” को बैठकमा उपस्थित भई “औद्योगिक व्यवसाय सम्बन्धि विधेयक २०८०” माथी दफावार छलफलमा ४ वटा बैठकमा उपस्थित

“प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८०” माथि संशोधनकर्ताको रुपमा प्रदेश मामिला तथा कानून समितिद्वारा आयोजित छलफलमा २ वटा बैठकमा उपस्थित

(ख) लुम्बिनी प्रदेश सभाबाट पारित भएका तथा छलफलमा रहेका नियमावली तथा विधेयकहरु:

१. “प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८०” पारित

२. “स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक” पारित

३. “लुम्बिनी प्रदेश सभा नियमावली, २०७९” पारित

४. “आ. व. २०८०/०८१ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश, प्रदेश कोषबाट कोही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक” पारित

५. “प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पारित

६. “औद्योगिक व्यवसाय सम्बन्धि प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” माथी दफावार छलफलको क्रममा रहेको

(ग) लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८०/८१ को पाल्पा क्षेत्र नं. १(२) मा विनियोजित वार्षिक कार्यक्रम तथा बजेट :

१. सडक पूर्वाधार योजनाहरु : १९ वटा

२. प्रदेश क्षेत्र विकास योजना : १८ वटा

३. खानेपानी तथा सरसफाई योजनाहरु : ३५ वटा
४. जलस्रोत तथा सिंचाई योजना : १२ वटा

५. शहरी विकास तथा भवन : ५ वटा

६. पुल निर्माण योजना : ५ वटा

७. सामाजिक विकासका योजना : २ वटा( शैक्षिक संस्थाहरुबाट पेश गरिएका र सभासदबाट सिफारिश भएका प्रस्तावनाको बजेट विनियोजिन हुन बॉकी)

८.स्थानीय तह बित्तीय हस्तान्तरण (ससर्त) योजना : २० वटा
९.समपुरक अनुदानका योजनाहरु : १२ वटा

१०.हुमिन – तांहु मोटरबाटो ( बहुवर्षीय ) योजना : १

जम्मा मोटामोटी बजेट : ४० करोड ( आ.व. २०८०/८१)

(घ) यस अवधीमा २०४ वटा बैठक तथा औपचारीक कार्यक्रमहरुमा सहभागिता जनाउनु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com