“तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड” २०८० को आवेदन फाराम खुल्ला
काठमाडौं ।
स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को आवेदन फाराम खुल्ला भएको छ ।
लोक तथा दोहोरी गीत संग सम्बन्धीत ३५ बिधाका लागि मनोनयन आवेदन फाराम खुल्ला गरीयको बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा चर्चित गायक, सर्जक हुम गैरेले जानकारी दिनुभयो । पौष १० गते देखि फाराम खुल्ला गरीएको र माघको पहिलो साता उत्कृष्ट पाँच मनोनयन सार्वजनिक हुने अनि फागुनको पहिलो साता अवार्डको फाईनल कार्यक्रम गर्ने लक्ष्य रहेको चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले बताउनुभयो।
अवार्डको फाईनल कार्यक्रममा लोक गीत संगीतमा लामो समय देखि योगदान दिंदै आउनु भएका बिशिष्ट ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो तेस्रो संकरणमा पनि धेरै कलाकारहरुको उत्साहजनक सहभागीता रहने कार्यक्रमका अध्यक्ष गैरे बताउनुभयो ।
