पाल्पा ।
पाल्पाको अग्रणी विद्यालय रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरले स्थापनाको ५६ औं वार्षिक उत्सव मनाएको छ । २०२५ सालमा स्थापना भएको यो विद्यालय जिल्लाको पुर्व भेगको जेठो र हाईस्कुलको रुपमा पहिचान बनाएको छ ।
विद्यालयमा भएको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले प्राबिधिक शिक्षा लिन अन्यत्र जानुपर्ने अबस्थाको अन्त्य गर्दै एसईई /+2 अध्ययनपछिको थलोपनि यही बनाउन अब ढिला गर्न नहुने बताउनुभयो । यसले अब साइन्स क्याम्पस स्थापना तथा प्राविधिक धारको कक्षा सञ्चालनमा जोड दिनु पर्छ, नत्र अब उच्च शिक्षा पढ्ने विद्यार्थी नहुने अबस्था आएको छ ।
उच्च शिक्षा लिन दैनिक बिदेशिने युवाहरुको लर्कोले गाउँ रित्तिनेप्रती लक्षित गर्दै उहाँले “विद्यालय स्तरको कक्षा सकिए पछि विद्यार्थीहरु विहान उठ्ने वित्तिकै क्याम्पसमा होईन कन्सल्टेण्सीमा भरिन्छ्न् ।” अब शिक्षालाई रोजगार संग जोड्नु आवश्यक छ । उहाँले थप्नुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले व्यवहारिक र संस्कार सहितको शिक्षाले नैतिक र लगनशील बनाउने हुँदा व्यबहारिक शिक्षा अपरिहार्य भएकोउल्लेख गर्नुभयो । धेरै नपढेर त्यस्तो केही हुदैन तर उ २/४ पैसा कमाउन तिर लाग्ने सीप ज्ञान भएन भने जीवन चलाउन गाह्रो पर्छ उहाले भन्नुभयो ।

घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षाको विशेष महत्व रहेकाले नगरपालिकाले संस्कार र व्यवहारिक ज्ञान प्रदान गर्न “बुक फ्री फ्राईडे”कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।उहाँले स्थानीय पाठ्यपुस्तक लागू गरेर स्थानीय बस्तुस्थिति बारे विद्यार्थीलाई सिकाउन थालिएको बताउनुभयो ।
रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले रामतुलसी नमुना मावि नगरको लिडर विद्यालय भएको बताउनुभयो । उहाँले राम्रो र नमुना काम गर्दै गएपछी अन्यलाई पनि गर्नुपर्छ भन्ने भावना विकास हुने र प्रतिस्पर्धा गर्ने भएकोले सकारात्मक प्रतिफल आउने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक शिक्षक तथा समाजसेवी देवराज ढकालले समय सापेक्ष शिक्षा प्रदान गर्दै अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा समाजसेवी फणेश्वर गौतमले विद्यालय पुर्ण रुपमा शैक्षिक तरबरले चल्लुपर्ने र राजनितिक खिचातानी हुन नहुने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृतिनाथ श्रेष्ठले व्यबस्थापन समिती चयन गर्न ढिलो भईसकेको बताउनुभयो । पत्रकार सीता डोटेलले नमुना विद्यालयले गुणस्तरमा जोड दिदै अब अझ सुधार र भावी योजनामा सबैको साथ हुनुपर्ने बताउनुभयो । विद्यालयका पुर्व सदस्य दुर्गादेवी रानाले सबैको चासो र पहलले विद्यालयले यो हैसियत बमाएको बताउनुभयो । नेपाल सरकारका सेवा निबृत सहसचिव तथा बुपु विद्यार्थी मधुसूदन पोखरेलले असहाय कोष स्थापना गर्दै स्कुलको प्रगतिको कामना गर्नुभयो ।

वार्षिक उत्सवको अवसरमा रामनाथ पौडेल स्मृति अक्षयकोष मार्फत विद्यालयले विद्यालयका संस्थापक एवं समाजसेवी देवराज ढकाललाई सम्मान गरेको छ । दोसला र ढाका टोपी, पाल्पाली करुवा सहित सम्मान पत्रले उहाँलाई सम्मान गरेको हो । साथै भूपू विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कंडेललाई ५ अक्षयकोष स्थापना गर्नु भएकोमा सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयमा हाल २६ सय बढी विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । उहाँले विद्यालयको बार्स्षइक प्रतिबेदन प्रस्तुत गर्दै हाल १८ ब्लकमा १ सय ८ वटा कक्षाकोठा रहेको उल्लेेे गर्नुुुभयो ।भावी योजना प्रस्तुत गर्दै लम्सालले अझपनि ११/१२ कक्षा बिहानमा चलाउन परेको र पर्याप्त कोठा नभएको बताउनुभयो ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सिक्नको लागि रामतुलसी, संस्कारको लागि शिक्षा भन्ने नाराका साथ विद्यालय तीन तहमा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।वार्षिक उत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल सरकारका पूर्व सहसचिव मधुसुदन पोखरेलले हजुरबुवा र बुवाको स्मृतिमा अक्षयकोष स्थापना गर्नु भएको छ । स्व. हजुरबुवा ज्ञानेश्वर पोखरेल र स्व. बुवा लोकनाथ पोखरेलको स्मृतिमा २ लाख १ हजार १ सय ५५ रुपैयाँ राशीको ज्ञानेश्वर लोकनाथ स्मृति असहाय विद्यार्थीकोष स्थापना गर्नु भएको हो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साललाई चेक हस्तान्तरण गर्दै उहाँले आफुले कक्षा ६ देखि १० सम्म अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनमा साथ दिन र जोडिन कोष स्थापना गरेको बताउनुभयो ।
विद्यालयका लेखाप्रमुख हरिहर रेग्मीले गत वर्षको १० करोड ५० लाख भन्दा बढीको आयव्यय प्रस्तुत गर्नु भएको थियो ।
विद्यालय व्यबस्थापन तदर्थ समिति संयोजक तथा रामपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको समारोह विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु प्रसाद पौडेलको स्वागत र शिक्षक लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा भएको हो ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विभिन्न कोष र प्रतियोगितामा बिजयी विद्यार्थीलाईलाई पुरस्कृत गरेको छ ।
