2

Logo २०८३ बैशाख १४ सोमबार
उद्घोषण तथा नेतृत्व विकास तालिमले उर्जा थपेको छ

उद्घोषण तथा नेतृत्व विकास तालिमले उर्जा थपेको छ


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर २९ २०८०
1.1K

पाल्पा ।

महिलाहरुलाई सञ्चालन गरिएको उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागीले तालिमले उठेर बोल्न सक्ने क्षमताको विकास गरेको बताएका छन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ५ ले वडाका महिलाका लागि विनियोजन गरेको रकमबाट चलेको तालिममा सहभागी महिलाहरुले अगाडी गएर बोल्न पनि डराउनेका लागि तालिमले बोल्न र कार्यक्रम चलाउन सक्ने गरि उर्जा मिलेको बताएका हुन् ।

तालिम समापनका अबसरमा रामपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलले महिलाहरुको राज्यको हरेक क्षेत्रमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले बोल्न नसक्ने अबस्थाबाट समाजमा अगाडी देखिन थालेको बताउदै अब सक्दिन भनेर होइन हिम्मत बढाएर हरेक क्षेत्रमा अब्बल बन्दै ज्ञान सीप र क्षमताको विकासमा लाग्न अनुरोध गर्नुभयो । उहाँले गाँउघरका हरेक भेला बैठक चलाउन र माइन्युट लेखनमा अभ्यास र व्यवहारिक बन्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडासदस्य तथा कार्यपालिका सदस्य माँया नेपाली, वडा सदस्य ईश्वरी काफ्ले, युवराज शाही, टोल संयोजक तथा पुर्व वडा सदस्य सावित्रा गौतम, प्रशिक्षक दान बहादुर हिस्कीले तालिममा सिकेका व्यवहारमा उतार्न आग्रह गर्नुभयो । सहभागीहरु उमा कुमारी श्रेष्ठ, गंगा थापा, तिलिसा ठाडा, सावित्री श्रेष्ठ र सुस्मा ओस्तीले तालिममा सिकेका ज्ञान समुदायमा गएर कार्यान्वयमा लैजादै अगाडी बढेर बोल्ने बानी र शैलीको विकासमा सदैव ध्यान दिने बताउनुभयो ।

गत मंसिर २५ गतेदेखि चलेको ५ दिने तालिममा सहभागीलाई प्रशिक्षकहरु पत्रकार सीता डोटेल, रमा भण्डारी, दान बहादुर हिस्की र इमानसिं रानाले उद्घोषण कला, व्यक्तित्व तथा नेतृत्व विकास, भेला बैठक सञ्चालन, माइन्युट लेखन सम्बन्धी ज्ञान सिप सिकाउनुभएको थियो ।
महिला क्षमता विकास समन्वय समिति तथा आदिवासी जनजाति समन्वय समिति रामपुरको आयोजनामा भएको तालिम समापन कार्यक्रम आदिवासी जनजाति समन्वय समितिका उपाध्यक्ष टकमाँया दरैको अध्यक्षतामा भएको हो । महिला समन्वय समितिका सदस्य गंगा अधिकारीको स्वागत मन्तब्य तथा महिला समन्वय समिति अध्यक्ष सरस्वती सोमैले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन समितिका सचिव विन्दु श्रेष्ठले गर्नुभएको हो । तालिममा रामपुर नगरपालिका वडा नम्बर ५ का  १२ टोलका ६० जना महिलाहरुको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com