2

Logo २०८३ बैशाख १३ आइतबार
अव्यवस्थित जग्गाकाे जग्गाधनी पुर्जाको कागजपत्र मालपोत र नापी कार्यालयलाई हस्तान्तरण

अव्यवस्थित जग्गाकाे जग्गाधनी पुर्जाको कागजपत्र मालपोत र नापी कार्यालयलाई हस्तान्तरण


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २१ २०८०
533

पाल्पा ।

रामपुर नगरपालिकामा पुर्जा बिहिन जग्गाधनीले पाएको पुर्जा सहित कागजपत्र नापी कार्यालय रामपुरलाई हस्तान्तरण गरिएको छ ।

पुर्जा बिहिन जग्गाको शहरका रुपमा बिकसित रामपुर बजार क्षेत्रका ७४७ जनालाई राष्ट्रिय भुमी आयोगले पहिलो चरणमा पुर्जा बितरण गरेको थियो ।

साविक रामपुर गाबिस तथा हालको वडा नं. ५, ६ र ७ का ७४७ अव्यवस्थित जग्गाकाे जग्गाधनी स्रेस्ता ,निबेदकको निबेदन मालपोत कार्यालय रामपुर र फिल्डबूक/क्षत्रीय नापी किताब र कित्ता नापी नक्सा नापी कार्यालय रामपुरलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय भुमी आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले नियुक्ति भएर जिल्लामा समिति बने संगै रामपुरबाट काम शुरु गरेको र ठूलो उपलब्धि मिलेको बताउनुभयो । अब बाकी केही पुर्जाको काम छ, सुकुम्बासीको हकमा पनि काम गर्नुपर्नेछ तर पुर्जा नभैइ भोगचलन गरेका सयौ नागरिकलाई पुर्जा दिदा धेरै सन्तुष्टि मिलेको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राष्ट्रिय भुमी आयोग र नगरपालिकाको समन्वयमा बिबिध बाधा फुकाई पटकपटक केन्द्रमा पुगेर धेरै नगरबासीलाई पुर्जा दिएको र अब बाकी काम पनि हुँदै जाने बताउनुभयो ।

समितिका बिज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले आयोगले निरन्तर काम गर्ने र तल्लो स्तरबाट घचघच्याउने गरेकाले हाम्रा नगरबासीले पुर्जा पाउन सम्भव भएको उल्लेख गर्नुभयो ।

कुल ७८३ पुर्जाको निबेदन मध्य पुर्जा बितरण भएका ७४७  अव्यवस्थित जग्गाकाे जग्गाधनी स्रेस्ता र निबेदकको निबेदन मालपोत कार्यालय रामपुरका प्रमुख ज्ञान बहादुर सिंजाली र फिल्डबूक/क्षत्रीय नापी किताब र कित्ता नापी नक्सा नापी कार्यालय रामपुरलाई हस्तान्तरण गरिएको हो ।

वडा नं. ५ का अध्यक्ष दुर्गाप्रसाद पाेखरेलले बजार क्षेत्रका नागरिकले पुर्जा पाए संगै ठूलो राहत मिलेको बताउदै अब यसको उपयोग, प्रयोग र लेनदेनमा सहजता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

यससँगै अब मालपोत कार्यालयले स्रेस्ता कायमकाे प्रक्रिया शुरु गर्ने जनाएको छ ।

अव्यवस्थित जग्गा दर्ता निवेदन ७८३ मध्य मर्ज गरि ७६७ को नाममा जग्गा दर्ता गरिएको थियो । हाल सम्म ७१६  जग्गा धनीलाई पुर्जा वितरण गरिएको छ । राजश्व नबुझाएकाे ९ वटा, वनक्षेत्र भित्र पर्ने ९ वटा ,घरायसी विवाद १ वटा, पुर्जा नलिने १
र ल्याप्चे लगाउन छुटेकाे ३१ वटा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com