2

Logo २०८३ बैशाख १३ आइतबार
३२ औं अपाङ्गता दिवस रामपुरमा मनाइयो

३२ औं अपाङ्गता दिवस रामपुरमा मनाइयो


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर १८ २०८०
400

पाल्पा ।

३२ औं अपाङ्गता दिवसको अबसरमा रामपुर नगरपालिकाले सरोकारवाला संग अन्तरक्रिया तथा छलफल भएको छ ।

नगरका अपाङ्गता भएका नागरिकको सहभागितामा सरोकारवालाहरु बिच अपाङ्गता र उनीहरुको पहुँच तथा अबसरका बिषयमा छलफल भएको छ ।

“दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता” भन्ने नाराका साथ भएको कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख युवराज पन्थीले सहजिकरण गर्दै नेपालमा अपाङ्गता सम्बन्धि निति ऎन तथा स्थानीय स्तरमा पहुँच वृद्धि बिषयमा जानकारी गराउनुभएको थियो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले स्वागत तथा कार्यक्रम बारे प्रकाश पार्नुभएको कार्यक्रममा कार्यबाहक नगर प्रमुख कपिल बहादुर खाणले अपाङ्गता चाहेर नभई कुनै न कुनै किसिमले अपाङ्गताको अबस्था सिर्जना हुने भएकोले कुनै हिनताबोध नलिई नियमित गर्न सक्ने काम र व्यबसायिक बन्न सक्ने र इच्छा हुनेले सक्दो काम गर्न आग्रह गर्नुभयो । उहाँले आफुलाई कमजोर नसम्झन आग्रह गर्दै दक्ष र सक्षम बन्नु पर्नेमा जोड दिनुभयो ।

सहभागी कृष्ण प्रसाद भट्टराईले नगरभित्रका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्ने किसिमको कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

नगर स्तरिय अपाङ्गता संरक्षण समितिका संयोजक जगन्नाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रम नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा भएको हो ।

नगरमा हाल अद्यावधिक गरेका रातो कार्ड १२१, निलो२४०, पहेलो ११८, सेतो ६६ गरि जम्मा ५४५ जना अपाङ्गता रहनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com