2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चिरिन्जिबी श्रेष्ठ

पाल्पाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चिरिन्जिबी श्रेष्ठ


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर १७ २०८०
813

पोखरा ।

पोखरामा सम्पन्न पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सस्थाको सम्पन्न पाचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा रेशम थापा, कोषाध्यक्षमा उमा सापकोटा, सहसचिवमा युमाया पचभैया र सहकोषाध्यक्षमा रेनुका बज्राचार्य हुनुहुन्छ । सस्थाको सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहनुभएको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताउनुभयो ।

लेखा समिति संयोजकमा सुनिल अर्याल, सदस्यहरुमा केशव नेपाल र अनुपमान कर्माचार्य हुनुहुन्छ । संस्थाका कानुनी सल्लाहकारमा विष्णुप्रसाद लम्साल संयोजक र सदस्य ताराप्रसाद पोखरेल र नारायणप्रसाद पौडेल सदस्य रहनुभएको छ ।

अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले पोखरामा पाल्पालीले व्यावसायिक उत्तरदायित्व बहन गर्नुका साथै मौलिकतालाई बचाउँदै आएको बताउनुभयो ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले मासिक बचत संस्थाको मेरूदण्ड भएकोले बचतमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा गुल्मेली समाज पोखराका निवर्तमान अध्यक्ष एवं रेसुंगा सहकारीका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितिज’, सम्मानित सहकारीका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेले सहकारी र सस्थाको मर्मबारे बोल्नुभएको थियो ।

सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक प्रतिवेदन पास गरेको छ । सहकारीका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलाई संस्थागत सम्मान गरेको छ । उत्कृष्ट कारोबारकर्तामा सेयर सदस्य बलबहादुर राउत सम्मानित हुनुभयो । सोही अवसरमा संस्थाका सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरी सम्मानित भएका छन् ।

संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पाल्पाली समाजका पूर्व अध्यक्ष एवं ऋण उपसमिति संयोजक बाबुराम खनाल र सञ्चालन सचिव रेशम रचक थापाले गर्नुभएको हो । शिक्षा उपसमिति संयोजक बालचन्द्र परियारले सहकारीका ७ सिद्धान्त वाचन गर्नुभयो । सहकारीमा हाल ४ सय ८१ शेयर सदस्य छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com