समुदाय-प्रहरी साझेदारी कार्यक्रम योगेन्द्र माविमा
मुस्ताङ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा थासाङ गाउँपालिका वडा नं. १ टुकुचेमा रहेको योगेन्द्र माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीलाई लागु औषध तथा ट्राफिक सचेतना सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले लागू औषध भनेको के हो? यसको कुलतबाट बच्न के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ? र लागू औषध नियन्त्रण ऐन २०३३ मा भएको कानूनी ब्यबस्था लगायतका बिषयमा जानकारी गराउनुभयो । विद्यालयका कक्षा ९ देखि कक्षा १२ अध्ययनरत विद्यार्थी, शिक्षक, शिक्षिका गरि ५५ जनाको सचेतना कक्षामा सहभागितामा थियो । विद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सचेतना कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक मिलन बहादुर बि.क.ले गर्नु भएको हो ।
कार्यक्रम पश्चात लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आधारमा तय गरिएको अन्तर्राष्ट्रिय नारा UNITE INVEST TO PREVENT VIOLENCE AGAINST WOMAN & GIRLSÆ तथा “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ घरेलु हिंसा र जबरजस्ती करणी विरुद्ध तयार गरिएको पर्चा बाढेर नेपालले १६ दिने अभियान मनाउन थाल्नुको उद्देश्यबारे जानकारी दिदै दिवस र अभियानमा मात्र नभई गाउँ समाजमा हुन सक्ने जगन्य अपराध हिंसा बिरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिइएको थियो ।