रामपुर २ मा महिला कानुनी अधिकार सम्बन्धि सचेतना
पाल्पा ।
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला कानुनी अधिकार सम्बन्धि सचेतना कार्यक्रम रामपुर नगरपालिका वडा नम्बर २ मा सकिएको छ ।
रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा नं. २ र ३ का महिलाहरुको सहभागितामा सचेतना अभियान चलाएको हो ।
कार्यक्रममा महिला हक अधिकार, समाजमा हुने गरेका महिला हिंसाका प्रकृति, अबस्था र यसको कानुनी उपचारको बारेमा जानकारी दिइएको छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र हिंसा रहित समाज निर्माणका लागि कसैले पनि हिंसा नगर्ने र नसहनु पर्नेमा जोड दिनुभयो । उहाँले गाउँ समाजमा हिंसा भएको पाइए तुरुन्त कानुनी उपचार खोज्न आग्रह गर्नुभयो । नगर उपप्रमुख बाल कुमारी थापाले नगरपालिकामा घरेलु, ज्येष्ठ नागरिक ,महिला र बालबालिका सम्बन्धी हिंसा सम्बन्धीका मुद्दा आउने गरेको बताउदै गाउँ समाज सजग र जिम्मेवार हुन आग्रह गर्नुभयो ।
नगर उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण स्थानीय शासन तथा लैंगिक शासन विज्ञ सोभिता परियार र रामपुर नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख पुजा परियारले गर्नुभएको थियो । न्यायीक समिति सदस्य खेमराज अधिकारीको स्वागत र न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले सञ्चालन गर्नु भएको हो ।