भूकम्पले घरबार विहिन ५० परिवारमा चौधरी ग्रुपले ट्रान्जिसनल होम निर्माण गर्ने
काठमाडौं ।
चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गर्ने भएको छ । भुकम्पले जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएको छ । जसमा चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौरजहारी नगरपालिकाबाट शुरु गर्ने जनाएको छ ।
मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र चौरजहारी नगरपालिकाका मेयर पुष्प बादीबीच नगरभित्र भूकम्पले भत्किएका परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालले जानकारी दिनुभयो । यसअघि फाउन्डेसनले २०७२ सालको भूकम्पमा ३ हजार यस्ता घर बनाएको थियो ।
तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो रहेको गु्रपले उल्लेख गरेको छ ।
भत्किएका घर पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ बनाएर घरविहीन भूकम्प प्रभावितलाई ओतमुनि पु¥याउनु आवश्यक रहेको गु्रपको ठम्याई छ । स्थानीय प्रशासन/ स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’ निर्माण गरिने र यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक जमिन र स्थानीय तहमै उपलब्ध सामान एवम् श्रमको व्यवस्थापन गर्नेछ ।