राष्ट्रपति पौडेल भूकम्प प्रभावित जाजरकोट प्रस्थान
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जानुुुभएको छ । भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न एक टोली सहित पौडेल त्यस क्षेत्रमा जानु भएको हो ।
राष्ट्रपति बिहान सवा १० बजे भूकम्पप्रभावित क्षेत्र प्रस्थान गर्नुभएको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्टपति पौडेल भुकम्प गएपछी युरोप भ्रमण स्थगित गरेर देश शोकमा रहेको बेला भुकम्प पिडित प्रभावितको उद्दार, उपचार र राहतमा जोड दिनुभएको थियो । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उहाँको युरोप भ्रमण तय भएको थियो। मुलकुमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको हो ।
जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन्। त्यस यता पटक- पटक सो क्षेत्रमा पराकम्प गएको छ ।