भुकम्प पिडितको उद्दार र राहतमा काङ्ग्रेसले दियो ५० लाख
काठमाडौं ।
नेपाली कांग्रेसले भूकम्पमा परेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा पचास लाख दिएको छ । काङ्ग्रेसले पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ । अहिलेसम्म १ सय ५० बढीको मृत्यु भईसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न कांग्रेसले सबैमा अपील समेत गरेको छ ।