पाल्पामा लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने
पाल्पा ।
पाल्पाको तानसेनमा दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ ।
नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजनामा आगामी कार्तिक १७ र १८ गते तानसेन टुडिखेल मैदानमा दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा लुम्विनी प्रदेशका १२ जिल्ला, तिन विभागिय टोली र आयोजक टोली गरी ६४ जना खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । जसमा महिला तर्फ ४६ केजी देखी ५२ केजी सम्म र पुरुषमा ४९ केजी देखी ५५ केजी तौलका खेलाडीहरु विच एकल स्पारिङ्गमा प्रतिष्प्रर्धा हुनेछ । तेक्वान्दो खेलाडी रिता र अनिलको संम्झनामा दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको तेक्वान्दो महासंघ पाल्पाका अध्यक्ष निर बहादुर सारुले बताउनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च पाल्पा संगको समन्वयमा भएको तयारीका विषयक पत्रकार भेटघाटमा महासंघ पाल्पा अध्यक्ष सारुले प्रत्येक जिल्लाबाट पुरुष दुई र महिला दुई गरी ४ जनाको दरले प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने बताउनुभयो ।
प्रतियोगितामा पुरुष र महिला सहभागी तर्फ प्रथम पुरस्कार ३०/३० हजार रुपैया नगद, प्रमाणपत्र र गोल्ड मेडल रहनेछ । द्धितियले २०/२० हजार नगद, प्रमाण र रजत पदक पाउने छ भने तृतीय हुनेले १०/१० हजार नगद, प्रमाण र कास्य पदक पुरस्कार पाउने तेक्वान्दो महासंघ पाल्पा अध्यक्ष सारुले जानकारी दिनुभयो ।
प्रतियोगिता संचालन तथा व्यबस्थापनको लागी पालिकाबाट सहयोग जुटाईएको र जसमा झण्डै साढे ८ लाख रुपैया खर्च लाग्ने आईटिएफका पुर्व खेलाडी एव पाल्पाका सल्लाहकार देव पचभैयाले बताउनुभयो । पाल्पाका आईटिएफ खेलाडीहरुले अन्तराष्ट्रिय प्रतियोगितामा गोल्डमेडल जितेका थुप्रै खेलाडी रहेका छन् । पाल्पाका पालिकाहरुले आवश्यकता अनुसार सहयोग गर्ने विश्वास आईटिएफ पाल्पाले गरेको पचभैयाले बताए ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पामा आईटिएफ खेलप्रति युवाहरुमा आकर्षण बढ्दो रहेको बताउनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका कार्यसमिति सदस्य कृष्ण कार्कीले प्रतियोगिता सम्पन्न गर्नको लागी आईटिएफ पाल्पा संग सहकार्य गरी काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा सहभागी भएकी आईटिएफकी पुर्व राष्ट्रिय खेलाडी आयुसा कार्कीले प्रतियोगिता सम्पन्न गराउन आफु विदेश बाट स्वदेशमै आएको बताउनुभयो।
पाल्पामा १४ वटा डोजाङ्गबाट नियमित रुपमा आईटिएफका खेलहरु संचालन हुदै आएका छन्।