2

Logo २०८३ बैशाख १५ मंगलबार
रामतुलसी माविमा स्काउट टुप दिक्षान्त कार्यक्रम सम्पन्न

रामतुलसी माविमा स्काउट टुप दिक्षान्त कार्यक्रम सम्पन्न


रमा भण्डारी प्रकाशित मिति : आइतबार, असोज २८ २०८०
659

पाल्पा ।

रामतुलसी माध्यामिक विद्यालय रामपु्र पाल्पाले स्काउट टुप प्रथम दिक्षान्त समारोह सम्पन्न गरेको छ ।

स्काउट टुपका प्रमुख संरक्षक तथा विद्यालयका प्रध्यनध्यापक  बालकृष्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटका प्रदेश सदस्य जिवन आर्चायले विश्वमा १९०७ मा बेलायतबाट शुरु भएको  स्काउट नेपालमा २००९ बाट शुरु भएको बताउदै स्काउट गाउँ- गाउँ पुगेको र यसको महत्त्व व्यापक बन्दै गएको बताउनुभयो। हाल पाल्पामा ७४ वटा स्काउट टुप रहेको पनि आचार्यले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बोल्दै समाजमा सैद्धान्तिक ज्ञान भए पनि व्यावहारिक ज्ञान आवश्यक रहेको औल्याउदै उहाँले स्काउटले व्यतिलाई नैतिकवान चरित्रबान बनाउने र समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो । थप १सय १६ जना स्काउट बनेकोमा जिवनलाइ जिवन उपयोगि बनाउन सुझाव दिनुभयो ।

नगर उपप्रमुख बालकुमारी थापाले जिवन रक्षाको लागि पनि स्काउट अति महत्वपुर्ण रहेको बताउनुभयो । रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बि.स.२०४० साल तिर रामतुलसी माविमा पनि स्काउट टुप भएको स्मरण गर्नु हुदै स्काउटले अनुशासित बनाउने बताउनुभयो ।

विद्यालयका पुर्व अध्यक्ष विष्णु प्रसाद पौडेल, पुर्व सदस्य दुर्गा देवि राना, स्काउट रामपुर संंयोजक सरस्वती श्रेष्ठ, स्काउट शिक्षक हिरा गौतम लम्साल, स्काउट विद्याथी विद्या गौतम लगायतले स्काउट टुप रामतुलसी माबि बधाइ तथा शुभकामना दिनुभएको हो ।

कार्यक्रममा स्काउटका प्रदेश सदस्य नेत्र गैह्रेले स्काउटहरुलाई सपथग्रहण गराउनु भएको थियो । सवै स्काउट टुपलाइ व्याच वितरण गरिएको छ ।

धार्मिक माध्यमबाट स्वागत तथा उद्रघाटन गरिएको कार्यक्रमको स्काउट शिक्षक कविता अर्यालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मराशिनीले गर्नुृ भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com