2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता सम्पन्न

पाल्पा जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र २४ २०८०
1K

पाल्पा ।

पाल्पामा जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता सम्पन्न भएको छ । पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघको आयोजनामा शुक्रबार र शनिवार तानसेनमा दशाैँ जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा महिला र पुरुषको जुनियर र सिनियरको, स्पाईरीङ र प्याट्र«न गरी २ वटा बिधामा ४२ स्वर्ण, ४२ रजत र ६० कास्यपदकको लागि ३४३ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । १४ दोजाङका खेलाडीहरूले प्रतिस्पर्धा गरेको यस प्रतियोगितामा ९ वटा स्वर्णपदक सहित बिजु दोजाङ प्रथम, ८ स्वर्ण पदक सहित तानसेन दोजाङ दोश्र्रो, ७ वटा स्वर्ण पदसहित हिदन दोजाङ तृतिय भएको छ । प्रतियोगितामा महिलाबेष्ट ल्पेयरको उपाधि सिनिएरमा एलिसा घर्ति मगर र पुरुषमा बिवेक बुढाले प्राप्त गर्नुभएको छ । जुनियर महिलामा समिक्षा थापा र पुरुषमा श्रीजल पाण्डे वेष्ट प्लेर हुनुभयो ।

पुरस्कार वितरण कार्यक्रममा भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा तानसेन ७ काजीपौवाका दुई जना पदक बिजेता खेलाडीहरु एन्जल रेग्मी र रजन रेग्मीलाई पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघले जनही पन्ध्र, पन्घ्र हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ । सो प्रतियोगितामा एन्जल रेग्मी एक स्वर्ण दुई कास्य र रजन रेग्मीले एक रजत र एक कास्य पदक जितेका थिए ।

२ दिन सम्म संचालन भएको प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले पाल्पामा मार्सलआर्टको कर्भडहल नभएकोले यसको लागि बजेट छुट्याउन पहल गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले हजारौको संख्यामा रहेको यस खेल खेल्ने खेलाडी रहेतापनि यसमा सरकारको ध्यान नगएकोमा अब राज्यले देशको गहनाका रुपमा रहेका खेलाडीहरुलाई उचित बजेट छुट्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालीकांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र विक, जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष दिपक घिमिरे, नेपाल पत्रकार महाँसघ पाल्पा शाखाका सचिव यज्ञमूर्ति तिमिल्सिना लगायतले विजयी खेलाडीलाई शुभकामना दिनुभएको थियो ।

पाल्पा आईटिएफ तेक्वाण्दो संघका अध्यक्ष निरबहादुर सारुको अध्यक्षता र सचिव नगेन्द्र मल्लको संचालनमा भएको हो । टुडिखेल मैदानमा भएको उद्घाटन खेलको जिल्ला समन्वय अधिकारी टंकनाथ खनालले शुभारम्भ गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com