2

Logo २०८३ बैशाख १३ आइतबार
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भुर्तेलको एक हजार रन पुरा

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भुर्तेलको एक हजार रन पुरा


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र १८ २०८०
995

काठमाडौं ।

नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन्।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन्।

एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन्। भुर्तेलले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन्।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ पाएको नेपालले राम्रो सुरुवात गरेको छ।

अहिले ओपनर आसिफ शेख र कुशल भुर्तेल क्रिजमा छन्। यसअघि नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com